कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कार्यालयका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले थुनुवा कक्षमा रहेका ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको बताए।
थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीकोसमेत कन्ट्र्याक्ट ट्रेसिङ गरिने प्रहरी उपरीक्षक जबराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।