• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल, बिरामीको दुखेसो : सरकारीमा बेड छैन भन्छन्, निजीमा लाने पैसा छैन

कमला गुरुङ मंगलबार, वैशाख १४, २०७८  १५:४१
1140x725

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सधैझैं सोमबार बिहान पनि बिरामीको भीडभाडले भरिभराउ थियो। त्यही भीडमा दुई आमा-छोरी भेटिइन्, जसको अनुहारमा निकै हतास अनि डर देखिन्थ्यो। उनीहरू निरन्तर फोन डायल गर्नमै व्यस्त थिए। कहिले आमा त कहिले छोरी दुवैले लगातार फोन डायल गरिरहन्थे। 

अस्पतालको आकस्मिक कक्ष अगाडि उभिएको घण्टौं भइसकेको थियो। उनीहरु कहिले बस्थे, कहिले उभिन्थे। कहिले यतायता गरिरहन्थे। समय जति बित्दै थियो, उनीहरुको छटपटाहट पनि उति बढ्दै थियो। 

आमा-छोरीको छटपटाहट देखेपछि हामीले सोध्याैं, ‘तपाईंहरुलाई के समस्या भएको हो?’

आमाले भनिन्, ‘सरकारीमा बेड छैन भन्छन्। निजीमा लाने पैसा छैन। के गरौँ, कहाँ कसलाई भनौँ?’ 

चार दिन अघि उनको ५० वर्षीय श्रीमानलाई कोरोना पोजेटिभ भयो। तर, हिजोसम्म उनको अवस्था जटिल बनिसकेको थिएन। हाल एक्कासी शरीरमा अक्जिसनको मात्रा कम भएपछि उनीहरु बिहान शुक्रराज अस्पताल पुगे। बिरामीको अवस्था देखेपछि चिकित्सकले तत्काल भेन्टिलेटर चाहिने बताए। तर, शुक्रराज अस्पतालमा भेन्टिलेटर खाली थिएन। 

उनीहरुले जसरी पनि भेन्टिलेटर मिलाउन चिकित्सकलाई आग्रह गरिरहे। तर, बढ्दो बिरामीको चापका कारण भेन्टिलेटर पाउन कहाँ सहज थियो र?

त्यसपछि बुवालाई आकस्मिक कक्षमै राखेर दुवैजना भेन्टिलेटरसहितको आईसीयूको खोजीमा लागे। निरन्तर फोन डायल गरिरहे तर, सबैबाट एउटै जवाफ आउँथ्यो, ‘यहाँ भेन्टिलेटर खाली छैन।’ 

‘सबै अस्पतालमा फोन गरिसकेँ कतैपनि भेन्टिलेटर खाली छ भन्दैनन्। कोही चिनेको पनि छैन’ उनले भनिन्, ‘यहाँको डाक्टरले भेन्टिलेटर खाली छैन, कि अर्को अस्पतालमा लैजानुस् कि केही भए अस्पताल जिम्मेवार हुने छैन भनेर साइन गर्नु भन्नुहुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

भेन्टिलेटरको पखाईमा रहेका उनीहरुले झण्डै आठ घण्टापछि सोमबार साँझ सात बजेतिर आईसीयू पाएका छन्। हामीले बिरामीले आईसीयू पाए/नपाएको बारे चिकित्सकसँग थप बुझ्ने प्रयास गरेका थियौँ। अस्पतालका एक चिकित्सकले उनीहरुले आईसीयू पाएको जानकारी दिए। 

दैनिक बढ्दै आईसीयू र भेन्टिलेटरमा भर्ना हुनेको संख्या
शुक्रराज अस्पतालमा देखिएको यो दृश्यले नेपालको स्वास्थ्य संस्थाको अवस्थालाई प्रतिनिधित्व गर्छ। अर्थात् अस्पतालमा आईसीयू र भेन्टिलेटर पाउन कत्तिको मुश्किल छ, त्यो जटिल अवस्थालाई यसले छर्लङ्ग पार्छ। यति मात्र होइन जटिल खालका कोरोना संक्रमितको अवस्था कुन गतिमा बढीरहेको छ, भन्ने यो गतिलो उहादरण हो। 

जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढिरहँदा देशका विभिन्न अस्पतालहरुमा आईसीयू र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजै रुपमा आईसीयू र भेन्टिलेटर पाउने अवस्था छैन, निकै मुश्किल छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर हाल २६८ आईसीयू र ७८ गरी ३४६ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। जसमध्ये १३७ जना संक्रमित त काठमाडौंकै आईसीयू र भेन्टिलेटरमा छन्। 

आईसीयू र भेन्टिलेटरमा रहने संक्रमितको ग्राफ दैनिक उकालो लाग्दैछ। पछिल्लो पाँच दिनको मन्त्रालयको तथ्यांकले पनि यसको पुष्टि गर्छ : 
वैशाख ९ : १८० आईसीयू र ४७ भेन्टिलेटरमा – २२७ जना
वैशाख १० : १७३ आईसीयू र ५७ भेन्टिलेटरमा – २३० जना 
वैशाख ११ : २१३ आईसीयू र ६९ भेन्टिलेटरमा – २८२ जना 
वैशाख १२ : २५२ आईसीयू र ६५ भेन्टिलेटरमा – ३१७ जना
वैशाख १३ : २६८ आईसीयू र ७८ भेन्टिलेटरमा – ३४६ जना

एपीएफ अस्पतालमा ४० जना संक्रमित पर्खाइमा 
‘डा साब अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली छ?’ 

डा प्रवीन नेपाललाई दिनभरी सोधिरहने प्रश्न हो यो। काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालका प्रहरी उपरीक्षक डा नेपाल अहिले कोरोना संक्रमितको उपचार व्यवस्थापनमा जुटिरहेका छन्। यो क्रममा उनलाई आईसीयू र भेन्टिलेटर खाली भए/नभएको बुझ्न दिनमा कयौँ पटक फोन आइरहन्छ। 

यस अस्पतालमा हाल १३८ जना संक्रमित उपचाररत छन्। जसमध्ये १९ आईसीयू र ८ जना भेन्टिलेटरमा छन्। अस्पतालले संक्रमितको उपचारका लागि २० आईसीयू र ८ भेन्टिलेटर छुट्याएको छ। तर, यी सबै शय्या अहिले भरिभराउ छन्। 

नयाँ आउने बिरामीले आईसीयू र भेन्टिलेटर पाउँदैनन्। अझै पनि ४० जना संक्रमित आईसीयू र भेन्टिलेटरको पखाईमा रहेको डा नेपाल बताउँछन्।

उनी भन्छन्, ‘भेन्टिलेटर र आईसीयू सबै भरिसके। बेड खाली भए/नभएको बुझ्न फोन आइरहन्छ। तर, यहाँ खाली नै छैन। अझै पनि ४० जना संक्रमित बेडको पखाईमा छन्।’

जटिल खालका संक्रमितको संख्या बढ्दै गएपछि शय्याको व्यवस्थापन गर्न निकै चुनौती भएको उनी बताउँछन्। 

चाप थेग्न नसकेपछि कोभिड वार्ड विस्तार गर्दै वीर अस्पताल
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीर अस्पतालले कोभिड वार्ड विस्तार गर्दैछ। हाल छुट्याइएको शय्याले बिरामीको चाप थेग्न सकेन। त्यसछि वार्ड विस्तारका लागि वीर अस्पताल जुट्न बाध्य भयो। 

१८ शय्याको कोभिड वार्ड मंगलबारसम्म विस्तार गरिने अस्पतालका कोभिड फोकल पसर्न डा अच्युतराज कार्कीले बताए। उनका अनुसार बिरामीको चाप दैनिक बढ्न थालेपछि व्यवस्थापन गर्न समस्या अस्पताललाई हम्मेहम्मे भएको छ। 

डा कार्की भन्छन्, ‘बिरामीले बेड भरिएपछि हामीले छुट्टै कोभिड वार्ड विस्तार गर्ने निर्णय गर्‍यौ। मंगलबारसम्म उक्त वार्ड विस्तार हुन्छ।’

वीर अस्पतालले जटिल खालका बिरामीका लागि १० आईसीयू र पाँच भेन्टिलेटरको व्यवस्था गरेको छ। तर, आईसीयू र भेन्टिलेटर भरिभराउ छन्। हाल आठ जना आईसीयू र तीन जना भेन्टिलेटरमा छन्। आईसीयू र भेन्टिलेटरसहित वीर अस्पतालमा हाल कुल ४१ जना संक्रमित उपचाररत छन्। 

अस्पतालले कोरोना संक्रमित र शंकास्पद बिरामीका लागि आईसीयू, भेन्टिलेटर र आइसोलेसन गरी कुल ७६ शय्याको व्यवस्था गरेको छ।

पाटन अस्पतालमा पनि भरिँदै आईसीयू र भेन्टिलेटर
अन्य अस्पतालमा झैँ पाटन अस्पतालमा पनि कोरोना संक्रमित दैनिक बढ्दैछ। अस्पतालले संक्रमितको उपचारका लागि २५ शय्याको आईसीयू र १७ वटा भेन्टिलेटर छुट्याएको छ। तर, अहिले नै १६ जना संक्रमित आईसीयूमा छन्। १२ जनालाई भेन्टिलेटर चाहिएको छ। 

आईसीयू र भेन्टिलेटरसहित १३८ जना संक्रमित उपचाररत रहेको अस्पतालका निर्देशक डा रवि शाक्यले बताए। हाल कोरोनाका लागि अस्पतालले २१० शय्याको व्यवस्था गरेको छ। पाटन अस्पतालमा पनि जटिल खालका संक्रमितको संख्या दैनिक बढीरहेको निर्देशक शाक्य बताउँछन्। 

प्रदेश अनुसार आईसीयू र भेन्टिलेटरको संख्या :
प्रदेश १ : ११० आईसीयू, ४० भेन्टिलेटर
प्रदेश २ : ५६ आईसीयू, १९ भेन्टिलेटर
बागमती प्रदेश : ५८९ आईसीयू, २६५ भेन्टिलेटर
गण्डकी प्रदेश : २४१ आईसीयू, ६७ भेन्टिलेटर
लुम्बिनी प्रदेश : ११४ आईसीयू, ६१ भेन्टिलेटर
कर्णाली प्रदेश : ३४ आईसीयू, १२ भेन्टिलेटर
सुदूरपश्चिम प्रदेश : २७ आईसीयू, १९ भेन्टिलेटर
जम्मा : ११७१ आईसीयू, ४८३ भेन्टिलेटर

प्रदेश अनुसार आईसीयू र भेन्टिलेटरमा रहेका संक्रमितको संख्या :
प्रदेश १ : २४ आईसीयू, १ भेन्टिलेटरमा
प्रदेश २ : ९ जना आईसीयूमा 
बागमती प्रदेश : ११९ आईसीयू, ४९ जना भेन्टिलेटरमा 
गण्डकी प्रदेश : ५ जना आईसीयू, १ जना भेन्टिलेटरमा, 
लुम्बिनी प्रदेश : ७५ जना आईसीयू र २३ जना भेन्टिलेटरमा
कर्णाली प्रदेश : १६ जना आईसीयूमा
सुदूरपश्चिम प्रदेश : २० जना आईसीयू, ४ जना भेन्टिलेटरमा 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १५:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु शनिबार, वैशाख २६, २०८३
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु शनिबार, वैशाख २६, २०८३
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल शनिबार, वैशाख २६, २०८३
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
प्रधान न्यायाधीश सिफारिसविरुद्ध दायर तीन रिट निवेदन सर्वोच्चद्वारा दरपिठ शुक्रबार, वैशाख २५, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्