काठमाडाैं- बुधबार मध्यरातबाट तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउन तथा त्रिभुवन विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गरेर यात्रा गर्ने विदेशी नागरिकको आगमनमा रोक लगाइने भएको छ।
अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएका कारण वैशाख १५ गते राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि त्यस्तो यात्रा प्रतिबन्धित हुने जानकारी दिएको हो।
विभागले नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट बाहिर जाने यात्रुले पाउँदै आएको सेवा भने नियमित रहने प्रस्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।