• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमा कति छन् अक्सिजन उत्पादन गर्ने उद्योग? कति हुन्छ दैनिक उत्पादन?

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १४, २०७८  ०८:३१
1140x725

काठमाडौं– दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएसँगै आम नागरिकले अक्सिजन पनि पाइने हो कि हैन भन्ने चिन्ता व्यक्त गरिरहेका छन्। दोस्रो लहरको कोरोना संक्रमणको चपेटमा रहेको भारतमा अक्सिजन सपोर्ट नपाउँदा संक्रमितको ज्यान गइरहेको अवस्थामा नेपालमा समेत मेडिकल अक्सिजनको उपलब्धताको विषयलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको हो। 

भारतमा जस्तै नेपालमा समेत अक्सिजनको अभाव हुने पो हो कि? भन्ने आम मानिसको चासो र चिन्ता छ। कोरोना भाइरसको संक्रमण देखिएका बिरामीलाई श्वास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राख्ने गरिन्छ। तर, अक्सिजनको उपलब्धको विषयबारे ठोस जानकारी नआउँदा आम नागरिकमा चिन्ता बढेको देखिन्छ। 

आवश्यक परेका बेला उपयोग गर्न सकिने गरी अक्सिजन उपलब्ध गराउने गरी सरकारले पछिल्लो समय अक्सिजन उत्पादक (व्यवसायी)हरुसँग छलफल गरेको छ। कोरोना संक्रमितको जीवनरक्षाका लागि अक्सिजनक आवश्यक पर्नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गरिदिन पनि आग्रह गरेको छ। 

अक्सिजनको प्रयोग गरिने उद्योग तत्कालका लागि बन्द गरिदिन भनेर स्वास्थ्य मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र नै पठाएर लिखित रुपमा समेत आग्रह गरेको छ। 

कति छन् अक्सिजन उत्पादन गर्ने उद्योग ? 
नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार देशभरमा साना–ठूला गरी निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उद्योगहरु छन्। तीमध्ये पनि काठमाडौं उपत्यकामा ८ वटा अक्सिजन उद्योग छन्। 

यसका साथै केही ठूला अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट समेत छन्। ती प्लान्टबाट उत्पादित अक्सिजन ती अस्पतालहरुमा पर्याप्त मात्रामा पुग्ने गर्छ। तर केही अस्पतालमा भने प्लान्ट बिग्रिएका कारण उद्योगका अक्सिजन र सिलिन्डरमा भर पर्नु पर्ने अवस्था छ।

काठमाडौं उपत्यकामा रहेका ८ वटा उद्योगमध्ये ७ वटाले उत्पादित अक्सिजन बजारलाई उपलब्ध गराउने गरेको अक्सिजन उत्पादक संघका अध्यक्ष  शारडाले बताए।  एउटा सिसा उद्योगले आफ्नो लागि मात्र अक्सिजन उत्पादन गर्ने गरेको छ।  अन्य उद्योगहरुले भने बजारकै लागि उत्पादन गर्ने गरेको उनले बताए। 

उपत्यकामा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने उनले बताए। काठमाडौं बाहिर बिराटनगर, रुपन्देही, दाङ लगायतका शहरमा थुप्रै अक्सिजन उद्योग रहेकाले उनीहरुलाई समेत सक्रिय बनाएमा अक्सिजनको अभाव नहुने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा उत्पादन हुने अक्सिजनमध्ये  ३० देखि ४० प्रतिशसत औद्योगिक प्रयोगमा खपत हुने गर्छ। महामारीका बेला अक्सिजन प्रयोग गरिने उद्योग बन्द हुने भएकाले मेडिकल प्रयोजनका लागि अक्सिजनको अभाव नहुने अध्यक्ष शारडा बताउँछन्। महामारी बढ्दै गएपछि पछिल्लो समय अक्सिजनको माग भने पहिलेको तुलनामा बढेको अध्यक्ष शारडा बताउँछन्। मागअनुसार आपूर्ति पनि भइरहेको उनले बताए। 

अहिलेको अवस्थामा अक्सिजनको भन्दा पनि अक्सिजन भर्न प्रयोग हुने सिलिण्डरको अभाव हुनसक्ने शारडा बताउँछन्। मानिसहरुले अक्सिजन किनेर घरमा भण्डारण गर्न थाल्दा सिलिण्डरको अभाव हुने उनको भनाइ छ। 'हिजोआज अक्सिजनसँगै सिलिण्डर खोज्ने मानिसको संख्या पनि बढेको छ। एउटा भएपनि मलाई सिलिण्डर चाहियो भन्न थालेका छन्,' अक्सिजन उत्पादक संघका अध्यक्ष शारडाले भने, 'मानिसहरुले सिलिण्डर लगेर घरमा भण्डारण गर्न लागेका छन्।'

अध्यक्ष शारडा खाना पकाउने (एलपी) ग्यास जस्तै अक्सिजन पनि घरमा स्टक गरेर राख्न जरुरी नभएको बताउँछन्। अक्सिजन उद्योगले पनि यसरी दिने कार्य गर्न नहुने उनको भनाइ छ। 'नेपालगञ्जमा संक्रमित बढेपछि अक्सिजनको माग बढेको छ। व्यक्तिका घरमा र अस्पतालमा समेत अक्सिजनका थप सिलिण्डर जान थालेका छन्,' उनले भने, 'गत वर्षको कोभिडमा पनि हामीले पर्याप्त मात्रामा उपलब्ध गराएका थियौं। अहिले उक्त अवस्थामै पुगेको छैन, तर मानिसहरु धेरै आत्तिएको देखिन्छ।' 

आवश्यक परेको अवस्थामा काठमाडौं उपत्यकामा सहज रुपमै उपलब्ध गराउन सक्ने गरी उद्योगहरुले अक्सिजनको आपूर्ति गरिरहेको शारडाले बताए। अध्यक्ष शारडाका अनुसार कोरोना संक्रमितको सपोर्टका लागि प्रयोग हुने अक्सिजनका सिलिण्डर धोएर तथा पूर्ण रुपमा सेनिटाइज गरेर पुन: प्रयोगमा ल्याइन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिरामी भएका घरलाई मात्र अक्सिजन
अध्यक्ष शारडा आफूहरुले अहिले अक्सिजनको सपोर्ट आवश्य पर्ने बिरामी भएका घरमा मात्रै अक्सिजन भरेर सिलिण्डर पठाइरहेको बताए। अहिले धेरैजसो मानिसले अक्सिजनको सानो सिलिण्डर लैजान खोजेपनि आफूहरुले घरमा अक्सिजनको सपोर्ट आवश्य पर्ने बिरामी भए–नभएको यकीन गरेर मात्रै पठाउने गरेको उनी बताउँछन्। 

'धेरै जनाले अहिले सानो सिलिण्डर लैजान खोजिरहेका छन्। तर, हामीले माग भएको घरमा अक्सिजन आवश्यक पर्ने बिरामी भए–नभएको यकीन गरेर, रेकर्डमा राखेर मात्रै पठाइरहेका छौं,' उनले भने, 'यसरी दिदाँ फोन नम्बर र नाम लेखिन्छ। अक्सिजनको सिलिण्डर लगेका व्यक्तिले ७ देखि १० दिनभित्र अनिवार्य रुपमा खाली सिलिण्डर फिर्ता गर्नुपर्ने शर्त समेत राखिएको हुन्छ।'

सिलिन्डर लगेका मानिसहरुलाई फोन गरेर सम्झाउने गरेको र तोकिएको अवधि भन्दा धेरै राखेमा प्रत्येक दिनको अतिरिक्त २ रुपैयाँ शुल्क लिने गरिएको उनले बताए। 'जसलाई अक्सिजनको आवश्यकता परेको त्यस्ता व्यक्तिले पाओस्,  नचाहिनेले घरमा स्टक नगरोस् भनेर जरिवाना समेत लगाएका छौं,' शारडाले भने। 

आवश्यक परेको खण्डमा व्यवसायीहरु जुनसुकै समयमा पनि अक्सिजन उपलब्ध गराउन सक्ने अवस्थामा रहेको उनले बताए। 'अस्पतालले माग गरेमा अहिले पनि रातिको १२ बजे समेत हामीले अक्सिजन उपलब्ध गराउँदै आएका छौं,' शारडाले भने, 'काठमाडौंमा अक्सिजन नपाइने पो हो कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन।'

कान्तिपुर अक्सिजन उद्योगका म्यानेजर कुमार चुडाल पनि अक्सिजन अभाव नहुने बताउँछन्। मानिसमा अक्सिजन अभाव हुन्छ कि भन्ने चिन्ता बढेपछि अवस्था त्यस्तो नरहेको उनले बताए। गएको वर्ष उच्च दरमा संक्रमितहरु बढ्दा समेत अक्सिजन अभाव नभएको उल्लेख गर्दै चुडालले संक्रमितको संख्या समेतलाई ख्याल गर्दा अक्सिजन अभाव हुन्छ कि भनेर अहिले धेरै आत्तिनुपर्ने अवस्था नभएको उनको भनाइ छ। 

'गत वर्ष कोभिड संक्रमण पिकमा पुग्दा पनि अक्सिजनको अभाव भएको थिएन, उत्पादन र आपूर्ति नियमित भएको थियो,' चुडालले भने, 'अहिले त्यो अवस्था पनि छैन। अहिले सवै उद्योगहरु चालू अवस्थामै छन्, क्षमता अनुसार नै उत्पादन गरिरहेका छन्।’ 

अहिले सिभिल र वीर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट समेत स्थापना भएकाले अभाव नहुने उनको भनाइ छ। यद्यपि केही व्यक्तिले भने आपत्‌कालीन अवस्था आउँछ कि भनेर अक्सिजनका सिलिन्डर स्टक गरेर राख्ने प्रवृति भने बढेको उनले बताए। 

नेपालमा लिक्विडबाट अक्सिजन सप्लाइ नहुने भएकाले सिलिन्डरको भने अभाव हुनसक्ने चुडाल पनि स्वीकार्छन्।  'भएका सिलिन्डरहरु बजारमै हुने र केही घरमा थन्किने भए भने सिलिन्डर अभाव हुनसक्छ,' चुडालले भने,  'यसका लागि सिलिन्डर स्टक नराख्ने र खाली सिलिन्डर उद्योगलाई तत्काल उपलव्ध गराउने व्यवस्था हुनुपर्छ।'

आफूले दैनिक २२ घन्टा उद्योग चलाएर अक्सिजन उत्पादन गरेको आपत्‌कालीन अवस्थामा २४ घन्टा उद्योग सञ्चालन गरेर पूर्ति गर्न सकिने चुडाल बताउँछन्। केही उद्योगहरुले अहिले आफ्नो प्लान्ट १८ घन्टा चलाएर उत्पादन गरिरहेको उनले बताए। १८ घण्टाको समयलाई बढाएर उत्पादन बढाउन सकिने उनी बताउँछन्। 

यद्यपि पछिल्लो समय विद्युत् आपूर्तिमा भइरहेको समस्याले केही अप्ठेरो परहेको उनले सुनाए। 'बीचमा झ्याप झ्याप बत्ती जाने गरेकाले केही समस्या उत्पन्न भएको छ। विद्युत् आपूर्तिमा भएको समस्या भने समाधान गर्नुपर्ने देखिन्छ,' चुडालले भने। 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्