• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमितले भरिए टेकु अस्पतालका शय्या, कसरी हुँदैछ उपचार? [भिडियोसहित]

रिता लम्साल मंगलबार, वैशाख १४, २०७८  ०७:१५
1140x725

काठमाडौं– सोमबार दिउसो करिब १२ बजे। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा बिरामी, चिकित्सक तथा बिरामी कुरुवाको चहलपहल थियो। आकस्मिक कक्ष भित्र अक्सिजनमा राखिएका केही बिरामीका आफन्त बाहिर फोनमा अन्य अस्पतालमा आइसियु र भेन्टिलेटरसहितको शय्या खोज्न फोनमा व्यस्त थिए। 

‘कोरोना संक्रमण भएर घरमै राखेका थियौं, आज सिरियस हुनुभएर ल्याएको डाक्टरले भेन्टिलेटरमा राख्नुपर्छ भन्नुभयो तर, यहाँ वेड खाली छैन रे,’ आकस्मिक कक्ष बाहिर रहेकी एक महिलाले भनिन्, ‘सबै सरकारी अस्पतालमा फोन गरिसकेँ, तर बेड नै छैन रे।’ती महिलाकै छेउमा रहेकी उनकी छोरीले भनिन्, ‘हामीले काँही कसैलाई चिनेको छैन, कसरी बेड पाइएला र !’

आकस्मिक कक्ष कोरोना संक्रमितले भरिएको थियो। आकस्मिक कक्ष मात्र होइन आइसोलेसन, आइसियु र भेन्टिलेटर पनि संक्रमितले भरिभराउ थिए। अस्पतालमा शय्या अभाव भएपनि आकस्मिक कक्षमा आएका बिरामीलाई आकस्मिक सेवा दिँदै चिकित्सकहरुले भन्दै थिए, ‘तपाईंको बिरामीलाई भेन्टिलेटर चाहिन्छ, यहाँ छैन, अरु अस्पतालमा बुझ्नुस्।’

बिरामीको गम्भीर अवस्था र शय्याको खोजीमा छटपटिरहेका बिरामीको आफन्त देख्दा अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी पनि मलिन थिए।‘सकेसम्म अन्त बुझ्दै गर्नुस्, नआत्तिनुस्, अवस्था नै यस्तै छ,’ आकस्मिक कक्षमा खटिएका स्वास्थ्यकर्मीहरु बिरामी कुरुवालाई सम्झाउदै थिए।

अस्पतालमा शय्या खाली नभएपछि उनीहरुलाई सम्झाउनु बाहेक अरु विकल्प चिकित्सकसँग पनि छैन। बेलुकाको करिब ५ बजे आकस्मिक कक्ष अगाडि एउटा एम्बुलेन्स आइपुग्यो। शुक्रराज अस्पतालको आकस्मिक कक्षबाट एकजना पुरुषले आफ्नी आमालाई एम्बुलेन्समा राखे।

अस्पतालमा १२ घण्टा राखेपनि आइसियु खाली नभएपछि आमालाई अर्को अस्पतालमा लैजान लागेको उनले सुनाए। ‘बिहान ५ बजे अस्पतालमा ल्याएको थिएँ, डाक्टरले आइसियुमा राख्नुपर्छ भन्नुभयो, दिनभर आइसियुको खोजीमा लागे, अहिले एउटा अस्पतालमा बल्ततल्ल मिल्यो, त्यही लैजान लागेँ।’ 

आफुपनि कोरोना संक्रमित भएको तर, लक्षण नभएकाले आमाको उपचारको व्यवस्थापनमा आफैं खटिएको उनले सुनाए। कोरोना संक्रमित भएकाले उनले करिब २ मिटरको दुरी कायम गर्दै आफ्ना कुरा हामीलाई सुनाए। संक्रमण अरुलाई नसरोस् भनेर उनले मास्क लगाएका थिए।

‘कोरोना त मलाई पनि पोजिटिभ नै देखिएको हो, आमालाई अलि सिरियस भयो अरु कोही छैन, आफैं उपचार गराउन हिडिरहेको छु,’ उनले दुखी हुँदै सुनाए। आमालाई एम्बुलेन्समा राखेर उनी आफ्नो बाइक चढेर अस्पतालबाट निस्किए। आकस्मिक कक्षमा मात्र होइन, आइसियु बाहिर रहेका बिरामी कुरुवा पनि निराश अनुहारमा देखिन्थे।

Ncell 2
Ncell 2
nimb
nimb

‘केही दिन अघि हजुरबुबा गुमाए, अहिले बुबा भेन्टिलेटरमा हुनुहुन्छ,’ आइसियु बाहिर रहेकी एक युवतीले भनिन्, ‘बुबाको अवस्था पनि सिरियस छ, सास रहँदासम्म आस रहन्छ, उहाँलाई ठिक भइदियोस् भनेर प्रार्थना गरेर बाहिर बसिरहेको छु।’

नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएसँगै संक्रमितको उपचार व्यवस्थापनमा समस्या देखिन थालेको छ। स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीहरु बढ्दै जाँदा अस्पतालहरुमा आइसोलेसन, आइसियु तथा भेन्टिलेटर सहितका शय्या अभाव हुन थालिसकेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि कोरोना संक्रमितले शय्या भरिएका छन्। अस्पतालमा रहेको १२ वटा भेन्टिलेटर सहितको २२ वटा आइसियुमा बिरामी भरिएका छन्। अकस्मिक उपचारका लागि नयाँ आउने बिरामीहरुको लागि अस्पतालमा आइसियु र भेन्टिलेटरको अभाव हुन थालिसकेको अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताए।

उनका अनुसार अस्पतालमा शय्या खोज्दै हरेक दिन करिब ५० जना संक्रमित आउने गरेका छन्। जसमध्ये धेरैलाई फर्काउनुपर्ने बाध्यता सिर्जना भइसकेको छ। अस्पतालकी आइसियु नर्सिङ इन्चार्ज उषा देवकोटाले आइसियु भेन्टिलेटरमा उपचार कोरोना संक्रमित निको हुने दर समेत कम हुँदै गएको बताइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘पहिला पहिला त आइसियु भेन्टिलेटरबाट बिरामी ठिक भएर घर पठाउन पाएका थियौं, धेरै दिन आइसियुमा राख्नुपर्ने अवस्था पनि थिएन,’ नर्सिङ इन्चार्ज देवकोटाले भनिन्, ‘अहिले एकपटक भर्ना भएको बिरामीलाई तीनसातासम्म भेन्टिलेटरमा राख्दा पनि बचाउन सकिएको छैन।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमितको उपचार र व्यवस्थापन कसरी भइरहेको छ? अस्पतालमा संक्रमितहरु कसरी आइरहेका छन्? कोरोना संक्रमितको अवस्था कस्तो छ? हामीले शुक्रराज अस्पतालमै पुगेर लाइभ भिडियो रिपोर्ट तयार पारेका छौं।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्