काठमाडाैं- अष्ट्रेलिया क्रिकेट टोलीका तीव्र गतिका बलर प्याट कमिन्सले भारतीय अस्पताललाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गर्ने भएका छन्।
ईन्डियन प्रिमियर लिग (आईपीलए)मा कोलकाता नाइट राइडर्ससँग आबद्ध भएका उनले ५० हजार अमेरिकी डलर सहयाेग गर्न लागेका हुन्।
भारतमा कोरोनाको दोस्रो लहरले महामारीको रुप लिएपछि अस्पालहरु बिरामीले भरिएका छन् भने अक्सिजन अभाव कायम छ। मानिसहरु अस्पतालका बेड र अक्सिजनका लागि संघर्ष गरिरहेका छन्।
‘खेलाडी भएको नाताले हामी लाखौं मानिससम्म पुग्न सक्छौं । त्यो कुरालाई ध्यानमा राख्दै प्रधानमन्त्री केयर्स कोषलाई विशेष सहयोग गरेको छु’, उनले ट्वीटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।