फाइल तस्बिर
काठमाडाैं- राहदानी विभागले मंगलबार (भोलि)देखि अत्यावश्यक बाहेकका राहदानी वितरण स्थगित गर्ने भएको छ। विभागका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि राहदानी वितरण स्थगित गरिएको हो।
विभागले सोमबार सूचना जारी गर्दै अत्यावश्यक सेवाहरु भने जारी राख्ने जानकारी दिएको छ। संक्रमित कर्मचारी अहिले होम आइसोलेसनमा रहेकाले कर्मचारी अभावमा सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको विभागको भनाइ छ।
परराष्ट्र मन्त्रालयको राहदानी विभागले निकालेको सूचना:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।