• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

चिकित्सक संघको १८ बुँदे सुझाव : स्वास्थ्य संकटकाल घोषणादेखि लकडाउनसम्म

64x64
नेपाल लाइभ सोमबार, वैशाख १३, २०७८  १८:२२
1140x725

काठमाडौं- नेपाल चिकित्सक संघले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका १८ बुँदे सुझाव दिएको छ। संघको कार्यालयमा सोमबार भएको विज्ञहरूसँगको छलफलपछि संघले १८ बुँदे सुझाव सार्वजनिक गरेको हो।

संघले कोरोना संक्रमण बढी देखिएका जिल्लाहरूमा स्वास्थ्य संकटकाल घोषणा गर्दै उक्त जिल्लामा लकडाउन गरेर संक्रमितको सहज उपचारको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। संघले सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहरूसँग समन्वय गरि इलेक्टिभ सर्जरी तथा नियमित स्वास्थ्य परीक्षणलाई बन्द गर्दै कोभिड-१९ को उपचारमा अस्पतालका वार्डलाई प्रयोग गर्नुपर्ने साथै अस्पतालमा बेड अक्सिजन र एचडीयूको संख्या तुरुन्त थप गर्नुपर्ने माग पनि राखेको छ।

यस्ता छन् संघका १८ बुँदे सुझावसहितका माग :

नेपाल सरकारले सम्बोधन गर्नु पर्ने बुँदाहरू : 

१) नेपालमा पनि 'सेकेण्ड वेभ' आइसकेर कोभिडको नयाँ भेरियन्ट प्रमाणित समेत भई धेरै नागरिकहरुले मृत्युवरण गर्नु परिरहेको परिस्थितिलाई गम्भीर रूपमा लिँदै दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको, स्वास्थ्यकर्मी तथा चिकित्सकहरू नै संक्रमित भएको तथा अस्पतालका बेडहरु समेत कोभिड-१९ का कारण बिरामीहरुले भरिएकाले नेपाल सरकारले अबिलम्ब बढी संक्रमित भएका जिल्लाहरुमा मेडिकल इमरजेन्सी घोषणा गरि बन्दाबन्दी गर्दै नागरिकहरुको स्वास्थ्य उपचारलाई सहज बनाउनु पर्ने। 
२) सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहरुसँग समन्वय गरि Elective Surgery (इलेक्टिभ सर्जरी) तथा नियमित स्वास्थ्य परीक्षणलाई बन्द गर्दै कोभिड-१९ को उपचारमा अस्पतालका वार्डलाई प्रयोग गर्नुपर्ने साथै अस्पतालमा बेड अक्सिजन र एचडीयूको संख्या तुरुन्त थप गर्नुपर्ने।
३) कोभिड अस्पताल घोषणा गरि संक्रमितहरुलाई छुट्टै उपचार गर्नु पर्ने। 
४) स्वास्थ्य संस्थालाई भौतिक तथा प्राविधिक रुपमा सबल र सक्षम बनाउनु पर्ने साथै कोभिड–१९ को उपचारमा प्रयोग हुने सामग्रीहरुको सहज उपलब्धता गराउनु पर्ने। 
५) कोभिडमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिने र घोषणा गरिएको जोखिम भत्ता तथा बीमालाई प्रभावकारी रुपमा लागू गरिनु पर्ने। 

Ncell 2
Ncell 2
nimb
nimb

६)  सार्वजनिक स्थानहरुमा स्वास्थ्यका मापदण्डको पालनालाई कडाईका साथ लागू गर्नुपर्ने र भीडभाड हुने स्थान र जोखिमयुक्त क्षेत्रहरु बन्द गर्नु पर्ने। 
७) फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी एवं चिकित्सकहरु कोभिड-१९ विरुद्धको खोपबाट अझै पनि वञ्चित रहेको हुँदा कोभिड-१९ विरुद्धको खोप यथाशीघ्र उपलब्ध गराउनु पर्ने।
८) चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको दरबन्दी न्यून भएको हुनाले सो दरबन्दी तुरुन्त थप गर्नुपर्ने र चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पीपीई र कोभिड-१९ सम्बन्धी तालिम दिनुपर्ने।
९) कोभिड-१९ को दोश्रो वेब समुदायमा पनि फैलिसकेको हुनाले पोजिटिभ देखिएका केसहरुका कन्ट्याक्ट ट्रेसिङ गरि टेस्टको दयारा बढाउनु पर्ने र हटस्पट भएको ठाँउहरुमा फ्री आरटीपीसीआर गरी पोजिटिभ देखिएका केसहरुलाई आइसोलेसनको उचित व्यवस्था मिलाउनु पर्ने। 
१०) कोभिड-१९ आइसकेपछि  शुरु गरिएका स्वास्थ्यका कार्यक्रम तथा योजनाहरु यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने। 
११)  दीर्घ रोगका उपचारमा रहेका बिरामीहरुको सहज उपचारका लागि छुट्टै उपचारको व्यवस्था गर्नुपर्ने।

सर्वसाधारण नागरिकहरुका लागि :
१) बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, साबुन पानी वा स्यानिटाइजरले हात धुने र बालबालिकाहरु तथा परिवारका अन्य सदस्यहरुलाई पनि मास्कको उचित प्रयोग गर्न लगाउने। 
२)  भीडभाड नगर्ने तथा भीडभाड भएको स्थानमा नजाने, भोज भतेर तथा पार्टीहरुमा नेपाल सरकारको मापदण्डलाई पूर्ण रूपमा पालना गर्ने। 
३) आफ्नो पालो अनुसार कोभिड-१९ का विरुद्ध भ्याक्सिन लिने र सुरक्षाका उपायहरु नियमित रूपमा प्रयोग गर्ने। 
४)  कोभिड–१९ बाट संक्रमित व्यक्तिको सम्पर्कमा आएको अवस्थामा सतर्कता अपनाई आइसोलेसनमा बस्ने। 
५)  ज्वरो, रुघाखोकी अथवा सास फेर्न कठिनाई भएको अवस्थामा तुरुन्त कोभिडको परीक्षण गराई उपयुक्त उपचार गर्ने गराउने। 

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि :
१) स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अपनाएर, सुरक्षाका सामग्रीहरु सही ढंगबाट प्रयोग गरी आफू सुरक्षित रही आ-आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न गराउनु पर्ने। 
२) चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कोभिड भेरियन्टको बारेमा आम नागरिकलाई सुसूचित गराउनका लागि आ-आफ्नो ठाउँबाट आवश्यक पहल गर्ने। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपाल सरकारले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई क्षमतावान बनाउनु पर्ने अत्यन्त जरुरी अवस्थालाई समेत नजरअन्दाज गरेको अवस्थामा समेत हामी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको सुरक्षाका निम्ती सजगता अपनाउँदै नागरिकहरुको स्वास्थ्य सेवा प्रवाहमा खटिन यस संघ सबैमा हार्दिक अपिल गर्दछ। 
 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्