काठमाडाैं- पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा थप १९ सय १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा ११२ काेराेना संक्रमित थपिएका हुन्।
हिजो काठमाडौंमा १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ कोरोना संक्रमित थपिएका थिए।
यस्तै, पछिल्लो २४ घण्टामा १२ हजार ४०० नमुनाको पीसीआर परीक्षण गर्दा देशभर ३ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सीमा नाकामा गरिएको ८९३ एन्टिजेन परीक्षणमा ११४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ।
यो अवधिमा थप ३७८ जना संक्रमणमुक्त भएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार १७६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।