काठमाडाैं- पछिल्लो २४ घण्टामा थप ३ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१२ हजार ४०० नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यस्तै, सीमा नाकामा गरिएको ८९३ एन्टिजेन परीक्षणमा ११४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ।
मन्त्रालयका अनुसार हाल देशभर २२ हजार ४३४ सक्रिय संक्रमित रहेका छ।
याे अवधिमा थप ३७८ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जनाकाे मृत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या ३ हजार १७६ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।