काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ गतेसम्म नेपाल आई क्वारेन्टिनमा बसेर नेपाललाई ट्रान्जिट हव बनाएका विदेशी नागरिकको पीसीआर गरिदिन ल्यावहरूलाई अनुरोध गरेको छ।
यसअघि मन्त्रालयले आइतबार चैत १२ गते नेपाललाई ट्रान्जिट हव बनाउने विदेशी नागरिकको पीरीआार नगर्न निर्देशन दिएको थियो। जसका कारण भारतबाट एयर बबल उडानअनुसार नेपाल आएका भारतीय नागरिकले पीसीआर गर्न नपाउने अवस्था आएको थियो।
मन्त्रालयको निर्णयसँगै अब १२ गतेसम्म एयर बबल उडानमार्फत् नेपाल आई अन्यत्र जानेले पनि पीसीआर गर्न पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार र सोमबार जारी गरेका दुई विज्ञप्ति।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।