• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
हटस्पट कोहलपुर

उपमेयरको याचना- ‘अवस्था भयावह छ, डाक्टर र औषधि पठाइदिनुस्’

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १४, २०७८  १०:१७
1140x725

काठमाडौं– कोरोना संक्रमणको पहिलो चक्रबाट मुक्ति नपाउँदै शुरु भएको दोस्रो लहरबाट लुम्बिनी प्रदेशको बाँके जिल्ला धेरै प्रभावित बनेको छ। पहिलो लहरका क्रममा पनि प्रभावित जिल्लाको सूचीमा रहेको बाँके अहिले पनि ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा परेको छ। 

बाँकेका ८ वटा स्थानीय तहमा कोरोना भाइरसको संक्रमण उच्च दरमा फैलिएको छ। यसरी संक्रमण उच्च दरमा फैलिएको क्षेत्रमध्ये कोहलपुर नगरपालिका पनि एक हो। कोहलपुर नगरपालिकामा हालसम्म १४ सय ६७ मानिसमा संक्रमण पुष्टि भएको छ। यो नगरका १८ जना कोरोना संक्रमितको ज्यान गएको छ। याे तथ्यांकमा  भेरी अस्पतालकाे पछिल्लाे विवरण समावेश भएकाे छैन।  

कोहलपुर नगरपालिकाकी उमेयर सञ्जुकुमारी चौधरीका अनुसार नगर क्षेत्रभित्र हाल ३७८ जना सक्रिय संक्रमित रहेका छन्। नगरपालिकाले १२ जना संक्रमितलाई आफैंले निर्माण गरेको अस्थायी कोभिड अस्पतालमा राखेको छ। १ जना डिस्चार्ज हुँदै छन् भने १ जना गम्भीर भएकाले अस्पताल रेफर गरिएको उनले बताइन्। 

नगरले अक्सिजनसहितको आइसोलेन निर्माण गरेकाले सबै बिरामी अस्पताल पठाउनुपर्ने अवस्थाको अन्त्य भएको उनले बताइन्। नगरले अहिले कोरोना परीक्षणको दायरा बढाउनेदेखि कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य गरिरहेको उपमेयर चौधरीले बताइन्। 

उपमेयर चौधरीका अनुसार कोहलपुर नगरभित्रका सक्रिय संक्रमितमध्ये ३ सय २८ जना होम आइसोलेसनमा रहेका छन्। यीमध्ये अधिकांशमा लक्षणसहितको संक्रमण देखिएको उनले बताइन्। होम आइसोलेनमा बसेका संक्रमितहरुलाई नगरपालिकाले हरेक दिन सम्पर्क गरिरहेको र उनीहरुको अवस्थाबारे अनुगमन गरिरहेको उनले बताइन्। ‘होम आइसोलेनमा रहेका सबै संक्रमितको सम्पर्कमा रहेका छौं, अहिले समस्या वढ्यो भने शुरुमा नगरको आइसोलेसनमा ल्याउँछौ र उपचार गर्छौं’, उपमेयर चौधरीले भनिन्, ‘तीन वटा स्थानमा पीसीआर परीक्षण भइरहेको छ र आइसोलेनमा रहेका बिरामीलाई दैनिक परीक्षणपछि अवस्था जटिल हुँदै गएमात्र नेपालगञ्ज वा भेरी अस्पताल रिफर गर्ने गरेका छौं।’

चिकित्सक छैनन्, स्वास्थ्य सामाग्रीको पनि अभाव
उपमेयर चौधरीले अहिले नगरमा एक जनामात्र चिकित्सक भएकाले समस्या भएको बताइन्। ‘नगरले दुई वटा आइसोलेन सेन्टर सञ्चालनमा ल्याएको र अर्को निर्माणाधीन रहेकाले डाक्टरको अभाव भएको छ,’ उपमेयर चौधरीले भनिन्, ‘प्रदेश र केन्द्र सरकारसँग हाम्रो अनुरोध छ कि, विज्ञ चिकित्सक र औषधि सहयोग गरिदिनु पर्‍यो।’ अहिले एकजना मात्रै विज्ञ चिकित्सक भएको, तर संक्रमितहरु बढ्दै जाने अवस्थाले बिरामीहरुले उपचारै नपाउने हुन् कि भनेर चिन्ता बढेको उनले सुनाइन्। 

थप एक जना मात्रै पनि चिकित्सक पाएमा नगरले आलोपालो गरी काम चलाउने उनको भनाइ छ। नगर कार्यपालिकाले थप चिकित्सक र औषधि, अक्सिजनलगायतका सामग्रीहरु सहयोग गर्न संघीय र प्रदेश सरकारसँग माग गरेको उनले बताइन्। ‘हामीले अहिले अनुरोध गरेका छौं, यदि छिट्टै सहयोग नभएमा हामी करारमा नियुक्ती गर्ने प्रक्रिया शुरु गर्ने छौं’, उनले भनिन्, ‘अवस्था थप जटिल बन्दै जाने भएकाले यसमा रोकिन सकिँदैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

सीमा नियन्त्रण भएन, नागरिक बेपरवाह हुँदा फैलियो कोरोना 
कोहलपुरकी उपमेयर चौधरीका अनुसार बाँकेमा समुदायस्तरमा कोरोना फैलनुमा मुख्य दुई कारण छन्। उनका अनुसार पहिलो कारण हो, सीमा क्षेत्रबाट प्रवेश गर्ने व्यक्तिमाथि राम्रोसँग निगरानी र नियन्त्रण भएन। भारतबाट बिना रोकावट मानिसहरु आउन थालेपछि समुदायस्तरमा कोरोना फैलिएको उनी बताउँछिन्। ‘सीमा क्षेत्र भएर प्रवेश गर्ने व्यक्तिको राम्रोसँग स्वास्थ्य परीक्षण भएन। स्वास्थ्य परीक्षण नै नगरी सीमाबाट प्रवेश गरेका मानिसहरु गाउँ–गाउँ पुगे’, चौधरीले भनिन्, ‘सीमाबाट प्रवेश गरेका मानिसहरुबाट कोरोना भाइरसको संक्रमण समूदायस्तरमा फैलिन पुग्यो।’

अनि दोस्रो कारण हो, मानिसहरु बेपरवाह बन्नु। उपमेयर चौधरीका अनुसार भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएदेखि नै स्थानीय सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाका लागि स्थानीय नागरिकलाई आग्रह गर्दै आएको थियो। तर, सर्वसाधारणले स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा बेवस्ता गरेको उनले सुनाइन्।

‘मनिसहरुको गतिविधि अनियन्त्रित भए। मास्क लगाउने, सामाजिक दूरी पालना गर्ने, अत्यावश्यक काम बाहेक अन्य समयमा भिडभाड नगर्ने कार्यको पालना भएन,’ उपमेयर चौधरीले भनिन् ‘यसरी एक–दुई हुँदै शुरु भएको संक्रमण अहिले भयावह भएको छ, सायद हाम्रो नियन्त्रणमा छैन होला। छिट्टै चेन ब्रेक हुन नसके अवस्था जटिल नै हुन्छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नगरले यही कुराको ख्याल गर्दै वैशाख ११ गते देखि नै नगरभित्र निषेधाज्ञा जारी गर्न सिफारिस गरेको उनले सुनाइन्। तर, स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय बाँके)ले सोमबार मध्यरातबाट मात्रै निषेधाज्ञा जारी गर्ने भनेर निर्णय गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। 

‘बाँके जिल्लाभर नै निषेधाज्ञा लागु भएकाे छ। ११ गतेको बैठकले नै यहाँ लकडाउन गर्न सिफारिस गरेका थियौं, तर ढिला भयो,’ उपमेयर चौधरीले भनिन्, ‘अहिले नियन्त्रण मुस्किल भएकाले अब चेन ब्रेक गर्नै पर्छ। ठूला अस्पतालमा अक्सिजन अभाव भएको छ। संक्रमण देखिएका मानिस मृत्युको मुखमा पुग्न सक्ने अवस्था भएको छ।’ नगरले अहिले पनि स्थानीयलाई जनचेतनाको कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन्। मास्क लगाउन, अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कन प्रचार प्रसार गरिरहेका उनले बताइन्। ‘नगरबासीलाई मेरो अनुरोध छ निषेधाज्ञा पालाना गरौं, केही दिन घरमै बसौं, भिडभाड नगरौ। लापरबारही नगरौं। मास्क लगाऔं। यति गरे मात्र हामी जोगिने छौं’ उपमेयर चौधरीले भनिन्।

उपमेयर चौधरी

केन्द्र र प्रदेशको ठोस सहयोग आएन 
कोरोना भाइरस संक्रमणको दोस्रो लहरले स्थिति भयावह बन्दै गएपनि अहिलेसम्म केन्द्र र प्रदेश सरकारबाट संक्रमण नियन्त्रणका लागि ठोस सहयोग प्राप्त नभएको उनले सुनाइन्। 

‘यो गम्भीर प्रकारको महामारीमा हामी छौं, नगरको अवस्था भयावह नै छ,’ उनले भनिन् ‘केन्द्र र प्रदेशबाट ठोस सहयोग आएन। तत्काल अन्य क्षेत्रमा आएको, तर खर्च हुन नसकेको बजेट रकमान्तर गरिदिनुस्,’ केन्द्र र प्रदेश सरकारलाई उनको अनुरोध छ, ‘हामीलाई चिकित्सक र औषधि पनि आवश्यक छ, यसको सहयोग केन्द्र वा प्रदेशले दिन पर्‍यो।’ 

नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि नगरले आफैं १४ सिलिन्डर अक्सिजन जोहो गरेको उनले बताइन्। यसअघि ४ वटा भएकोमा थप १० वटा खरिद गरेको उनले बताइन्। नगरले औषधि निःशुल्क वितरण गरेको र मास्क वितरणको कार्यक्रम पनि चलाइरहेको उनले बताइन्।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्