काठमाडौं– भारतीय क्रिकेटर रविचन्द्रन आश्विनले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने घोषणा गरेका छन्।स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेल्दै छन्।
परिवारका सदस्यलाई कारोना संक्रमण देखिएसँगै उनले लिगको चालु सिजनबाट बाहिरिने घोषणा गरेका हुन्।
उनले ट्विट गर्दै परिवारका सदस्य कोभिड–१९ को संक्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै बाँकी खेल नखेल्ने बताएका हुन्।
‘अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेवारी हो,’ उनले ट्विटमा भनेका छन्।
भारतमा कोरोनाभाइरसको महामारी तिब्र रुपमा फैलिएको अवस्थामा आईपीएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ।
यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलिरहेका केन रिचर्डसन र एडम जाम्पाले पनि संक्रमणको कारण देखाउँदै चालु लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।