काठमाडाैं- दिल्ली क्यापिटल्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई १ सय ६० रनको मध्यम लक्ष्य दिएको छ।
चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५९ रन बनाएकाे हाे।
दिल्लीका लागि ओपनर पृथ्वी शाले सर्वाधिक ५३ रन बनाए। उनले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए।
कप्तान ऋषभ पन्त २७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा आउट भए।
यता, स्टिभ स्मिथ २५ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा अविजित रहे।शिखर धवनले २८ रन बनाए। उनले २६ बलमा ३ चौका प्रहार गरेका थिए।
मार्कस स्टोइनिस २ रनमा अविजित रहे।
हैदराबादका सिद्धार्थ कौलले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए। यता, राशिद खानले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।