• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

संक्रामक रोग विज्ञ भन्छन्- अब संक्रमण रोक्न सकिँदैन, न्यूनीकरणमा ध्यान दिउँ

64x64
नेपाल लाइभ आइतबार, वैशाख १२, २०७८  २२:०१
1140x725

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिले बढिरहेको छ। गएको २४ घण्टामा मात्र तीन हजार बढी संक्रमित भेटिए। सोही अवधिमा २८ जना संक्रमितले ज्यान गुमाएका छन्। 

विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार २ सय ९२ जनाको पीसीआर परीक्षण भएको थियो। कूल परीक्षण संख्या र संक्रमण पुष्टि हुने संख्याको अनुपात हेर्दा हरेक एक सय जनामा ३३ जना संक्रमित भएको देखिन्छ। 

संक्रमणको यो ग्राफले भयावह चित्र देखाउँछ। छिमेकी देश भारतमा देखिइरहेको दारुण अवस्थाले नेपालीलाई नराम्ररी झस्काएको छ। यो अवस्थालाई विश्लेषण गरिरहेका संक्रामक रोगका विज्ञ चिकित्सकहरुले सचेत गराइरहेका छन्। तर, सरकारको तयारी र आमजनको होसियारी दुवै कोरोनाको यो गतिमा बिराम लगाउने खालको देखिदैन।

सुनामीको ‘काष्टिङ’
विज्ञहरु संक्रमणको यो अनुपातलाई सामान्य रुपमा लिन नहुने बताउँछन्। शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला समुदायमा तीव्ररुपमा संक्रमण फैलिरहेको प्रमाण यो तथ्यांक भएको बताउँछन्। उनी भन्छन्, ‘यो तथ्यांकले समुदायस्तरमा संक्रमण तीव्र गतिमा बढिरहेको संकेत यो तथ्यांकबाट मिलेको छ। नेपालमा कुन दरले कोरोना फैलिरहेको छ भन्ने कुराको उदाहरणका रुपमा पनि यसलाई लिन सकिन्छ।’

त्रिवि शिक्षण अस्पताल कोभिड व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दास नेपालमा संक्रमणको दर बढ्छ होइन, बढिसकेको प्रमाणका रुपमा यसलाई लिन्छन्। उनी भन्छन्, ‘यो सुनामीको सुरुको लहर अर्थात् काष्टिङ हो। काष्टिङमै हाम्रा अस्पतालहरु भरिएका छन्। अहिले काठमाडौंका अस्पतालहरुमा आईसीयू बेड पाउन मुश्किल छ।  साँच्चै कोरोनाको ‘सुनामी’ आयो भने नेपालमा कस्तो अवस्था हुन्छ होला? त्यो हामीले कल्पना गरेको भन्दा भयावह दृष्य हुनेछ।’

डा सन्तकुमार दास

समुदायमा संक्रमण तीव्र गतिमा फैलिदै गएको र संक्रमितको संख्या दैनिक बढिरहेको डा बास्तोलाले बताए। उनले थपे, ‘यो अनुपातले हामी कहाँ छौं? कस्तो अवस्थामा छौँ? भन्ने कुरासमेत स्पष्ट पार्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

यो कोरोनाको अंकगणित हो। कोरोना संक्रमणले दिइरहेको पीडाको ग्राफ यो अंकगणितभन्दा फराकिलो छ। बिरामीहरु बेड नपाएर भौतारिनु परेको घटनाहरु बग्रेल्ती सुन्नुपरेको छ। रोगसँगै तनावको भारीले थिचिएका बिरामी र उनीहरुका आफन्तलाई ‘बेड छैन’ भन्ने उत्तर दिनुपर्दा चिकित्सककै मन भारी हुने गरेको छ। डा बास्तोला र डा दासका अनुसार आईसीयू र भेन्टिलेटर भरिँदै गएका छन्। मृत्युदर पनि दैनिक बढ्दो छ। 

९० प्रतिशतलाई अक्सिजन आवश्यक
कोरोना संक्रमणले बिरामी पार्ने असरमा पनि धेरै फरक पाइरहेका छन् डाक्टरहरुले। गत वर्षको कोरोना लहरभन्दा यो वर्ष गम्भीर बिरामीको संख्या बढ्दो छ। डा दास तथ्यांक अघि सार्छन्, ‘नेपालमा अघिल्लो पटकको कोरोना संक्रमण कुल पोजिटिभ केसमध्ये थोरै प्रतिशत संक्रमतिलाई मात्र भर्ना हुनुपर्ने तथा अक्सिजन आवश्यक पर्ने गरेको थियो।’

अहिले गम्भीर अवस्थाका संक्रमितहरु धैरै भएको उनी बताउँछन्। यसअघि भर्ना भएका बिरामीमध्ये ६० प्रतिशतलाई मात्र अक्सिजन आवश्यक पर्ने गरेकोमा अहिले त्यो बढेर ८० देखि ९० प्रतिशत पुगेको उनले बताए।  ‘यसले गर्दा हामीलाई व्यवस्थापन गर्न चुनौती बढेको हो। हामी संक्रमितको उपचार व्यवस्थापन गर्न लागिरहेका छौं। हरेक दिन शय्याहरु व्यवस्थापन गर्दै गइरहेका छौं,’ उनले भने।

अन्य रोगका बिरामीसँग कोरोनाको चुनौती
कोरोना संक्रमण बढ्दै जाँदा सम्पूर्ण राज्यसंयन्त्रको ध्यान त्यतैतिर केन्द्रित हुन्छ। तर, ठूलो संख्यामा अन्य रोगका बिरामी पनि अस्पताल धाइरहेका हुन्छन्। त्यसैले अहिले अस्पतालका अधिकांश बेड ननकोभिड बिरामीहरुले भरिएको उनी बताउँछन्। 

यसपल्ट लकडाउन नभएको वा नगर्ने सरकारको नीतिले ननकोभिड बिरामीहरु अस्पताल आउने क्रम रोकिएको छैन। ‘हामीले पनि कोरोना लाग्छ, उपचार गर्नै नआउनू भन्न मिल्दैन,’ डा दासको भनाइ छ, ‘यही अवस्थामा कोरोना संक्रमणको दर यति धेरै बढ्यो कि हामीले व्यवस्थापन गर्नै सकेनौं।’

शय्यामा सुतिरहेका ननकोभिड बिरामीलाई घर जानुस् भन्न नमिलेको कारण दुवै बिरामीको व्यवस्थापन गर्न योपटक मुश्किल परिरहेको उनी बताउँछन्। यसैपनि कोरोनाको व्यवस्थापनसँगै अन्य रोगका बिरामी व्यवस्थापन गर्नु ठूलो चुनौती हुन्छ। 

सामान्य अवस्थामा सामान्य बिरामी भएपनि घरमै बस्ने जोखिम उठाइँदैन। घरमै बसेर सेवा लिन सम्भव बिरामीका लागि अस्पताल नगइदिएर सहयोग गर्नुपर्ने चिकित्सकहरु बताउँछन्। 

डा बास्तोला भन्छन्, ‘अनावश्यक रुपमा अस्पताल भर्ना हुने क्रमलाई कम गर्नुपर्छ। अस्पताल नगई घरमै बसेर फोनबाट परामर्श लिएर उपचार संभव हुन्छ भने घरमै बस्नुपर्छ। यस्तो गर्दा शय्याको एकदमै आवश्यकता हुने बिरामीले उपचार पाउँछन्।’

डा अनुप बास्तोला

बेड र अक्सिजनको अग्रिम बन्दोबस्त
कोरोना संक्रमणको दर यही ढंगले बढ्ने हो भने केही दिनममै अस्पतालको बेड अभाव हुने स्थिति सिर्जना हुन सक्नेतर्फ चिकित्सकहरु सचेत गराउँछन्। 

यसले गर्दा परेको बेला व्यवस्थापन गर्न मुश्किल परेको पूर्वअनुभव छन्। संक्रमण बढिरहेको संकेत स्पष्ट मिलिसकेकाले कोभिड उपचारका लागि वैकल्पिक व्यवस्थापनमा सरकार र सरोकारवाला सक्रिय भइहाल्नुपर्ने डा दासले देखेका छन्। 

डा बास्तोलासँग यसका लागि एउटा उपाय छ, ‘अन्य अस्पताल तथा मेडिकल कलेजलाई पनि कोभिडको उपचारका लागि शय्या व्यवस्थापन गर्ने व्यवस्था गर्नुपर्छ। अहिलेको अवस्था हेर्दा संक्रमितको संख्या ह्वात्तै बढेर जान सक्छ।’

सरकारले अस्पतालहरुसँग समन्वय गरेर अस्पतालहरुमा अक्सिजनको क्षमता कति छ? जनशक्तिको अवस्था के छ? कतिसम्म संक्रमित धान्न सक्छन्? भन्ने विषयमा सोधखोज गर्नुपर्ने डा दासको सुझाव छ। 

उनी थप्छन्, ‘कहाँ कुन जनशक्ति अभाव र आवश्यकता छ हेरेर बढि आवश्यक भएको ठाउँमा आवश्यक नभएको ठाउँको जनशक्ति परिचालन गर्नुपर्छ। त्यसको लागि सरकारले  राष्ट्रिय स्तरमै जनशक्तिको लिस्टिङ गर्न जरुरी छ। देशभरका जनशक्तिलाई प्रयोग गर्न सक्यो भने कोरोना संक्रमणको कारण हुने ठूलो क्षतिलाई कम गर्न सकिन्छ।’

संक्रमण दर यही अवस्थामा बढ्यो भने अक्सिजन अभाव हुनसक्ने संकेत देखिएको डा दास बताउँछन्। ‘अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरुमा भारतमा भर पर्ने गरेका छौं। भारतले निर्यातमा प्रतिवन्ध लगाएको अवस्था छ,’ उनले भने।

मापदण्ड पालनामा रोलमोडल बन्नुपर्ने सरकार
सरकारलाई कोरोना संक्रमण बढेको जानकारी छ। आम नागरिकलाई पनि कोरोनाको जोखिम अवगत छ। तर, हेलचक्र्याइँ बढिरहेको बताउन अहिले भइरहेका गतिविधी हेर्दा हुन्छ। सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने आफ्नो निणर्य आफैं उल्लघंन गरिरहेको छ। 

आइतबार मात्रै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकसय जना भन्दा बढी नेता कार्यकर्ता बोलाएर बैठक गरे। यसैको सिको आमजनले गर्छन्। निणर्य गर्ने र त्यसलाई कार्यान्वयन गराउन लागि पर्नुपर्ने सरकारको यस्तो हर्कतको सार्वजनिक रुपमा नै आलोचना भइरहेको छ।

डा बास्तोला यसैमा जोड दिन्छन्, ‘सरकारले अहिले कोरोना नियन्त्रणका लागि विभिन्न निणर्यहरु गरेको छ। ती सबै निणर्यहरु जसरी हुन्छ, कार्यान्वयन गर्नुपर्छ। सरकारले गरेका निणर्यहरु कार्यान्वयन मात्र हुने हो भने धेरै हदसम्म कोरोना नियन्त्रण गर्न सकिन्छ।’

सरकारले केही आदेशहरु राजपत्रमा प्रकाशित गरेपनि त्यो पालना नभएको डा दास पनि ध्यानाकर्षण गराउँछन्। ‘सरकारी तहबाटै त्यो आदेश पालना भइरहेको छैन। त्यसैले सरकार आफै पहिलो रोलमोडल हुनुपर्‍यो,’ उनले भने, ‘जसले गर्दा जनताले सरकारको कार्यलाई अनुशरण गरोस्। यस्तै सरकारले गरेको आह्वानले मात्र पुगेन भने सरकारले कडा कदम चालेर भएपनि आदेशहरु पालना गराउनुपर्छ ।’ 

जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कुरामा आमसमुदाय नै लापरबाह देखिन्छ। ‘अझै पनि मानिसहरुले कोरोनालाई सामान्य रुपमा लिने गरेका छन्। तर, यो सोचेजति सामान्य छैन। जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नैपर्छ। मास्क अनिवार्य रुपमा लगाउनैपर्छ। मास्क लगाउने विषयलाई सबैले प्रमुख प्राथमिकतामा राख्नुपर्छ। अत्यावश्यक काम बाहेक बाहिर निस्कनु भएन,’ डा बास्तोला भन्छन्।

संक्रमण रोक्न सकिदैन, न्यूनीकरण ध्यान
संक्रमण रोक्ने अवस्थाबाट हामी धेरै पर पुगिसकेको चिकित्सकहरु बताउँछन्। त्यसैले यतिबेला संक्रमण रोक्ने गफ होइन, न्यूनीकरण गर्ने यथार्थबाट सोच्न उनीहरु सुझाउँछन्। डा दास भन्छन्, ‘अब आएर सकिदैन। हामीले न्यूनीकरण गर्न मात्र सक्छौं।’

बिरामीको संख्या बढ्दै जाँदा बेडको अभाव हुन्छ नै। त्यसैले सकेसम्म बिरामी भएर आईसीयूसम्म जानबाट रोक्ने उपायको खोजी गर्नुपर्ने डा बास्तालाको सुझाव छ। उनले भने, ‘आईसीयू बेडसम्म पुग्ने वातावरण बन्न दिनु भएन। संक्रमणको दरलाई जसरी पनि रोक्नु नै पहिलो प्राथमिकता हो।’

द्रुत गतिमा संक्रमण फैलिएका र फैलन सक्ने क्षेत्रलाई सरकारले कडाइका साथ व्यवस्थापन गर्नुपर्ने चिकित्सकहरु बताउँछन्। त्यसैले आमजनले सरकारको मुख मात्रै ताकेर नबस्न उनीहरुको आग्रह छ। ‘कोरोना संक्रमण रोक्ने दायित्व हामी सबैको हो । संक्रमणको असरलाई न्यूनीकरण गर्न सबैभन्दा महत्वपूर्ण भूमिका हामी जनताकै हुन्छ,’ डा दासले भने। 

देशमा स्वास्थ्य सेवा प्रणाली त्यति बलियो भइनसकेको अवस्थालाई मध्यनजर गरेर सचेत रहन उनी आग्रह गर्छन्। उदाहरण दिए, ‘भारतजस्तो देशको हेल्थ केयर सिस्टम ध्वस्त भएको अवस्था छ। यस्तो अवस्थामा हामी जनता आफै सचेत भएनौं भने हाम्रो देशले धान्न सक्दैन।’

कोरोनाबाट बच्न सकिने अर्को उपाय भनेको कोभिड १९ विरुद्धको खोप हो। डा बास्तोला जोड दिन्छन्, ‘सरकारले जति सक्छ, खोपलाई प्राथमिकता दिनुपर्छ। खोप ल्याउन सरकारले रणनीति बनाउनुपर्छ। खोपलाई सर्वसुलभ बनाउन ठुलो कोशिस गर्नुपर्छ। खोप सबैभन्दा ठुलो प्राथमिकतामा राख्नुपर्छ।’

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  २२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका
‘बलात्कार सामान्य हो भनेको होइन, मेरो अभिव्यक्ति तोडमोड गरियो’ : सोविता गौतम
भदौ २३ र २४ को घटनालाई रवीन्द्र मिश्रले गरे ‘विदेशी जासुसी विद्रोह’का रूपमा व्याख्या
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका आइतबार, भदौ ७, २०८३
‘बलात्कार सामान्य हो भनेको होइन, मेरो अभिव्यक्ति तोडमोड गरियो’ : सोविता गौतम आइतबार, भदौ ७, २०८३
भदौ २३ र २४ को घटनालाई रवीन्द्र मिश्रले गरे ‘विदेशी जासुसी विद्रोह’का रूपमा व्याख्या आइतबार, भदौ ७, २०८३
काठमाडौँका निजी होस्टेललाई मापदण्ड सुधार्न एक महिनाको समय, नमाने शिलबन्दी गरिने आइतबार, भदौ ७, २०८३
‘राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छ’: विमलेन्द्र निधी आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक निर्माण गरिने आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्