• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

१२ दिनमा ५ गुणाले बढे सक्रिय संक्रमित

१०३ जनाको मृत्यु
64x64
नेपाल लाइभ सोमबार, वैशाख १३, २०७८  ०९:४५
1140x725

काठमाडौ–  कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेको छ। नयाँ भेरियन्टको फैलावटसँगै अहिले देशभर कोरोना संक्रमणको ग्राफ उकालो लाग्ने क्रम दैनिकजसो बढ्दो छ। 

गत चैत महिलाको दोस्रो सातासम्म दैनिक रुपमा कोरोना संक्रमण हुने दर दोहोरो अंकमै सीमित थियो। भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिन थालेपछि त्यसको असर नेपालमा पनि देखा पर्न थाल्यो। चैत तेस्रो सातादेखि दैनिक पुष्टि हुने संक्रमितको संख्या १०० भन्दा उकालो लाग्यो। 

नयाँ वर्ष (२०७८) शुरु हुँदा दैनिक ५ सय बढीको हाराहारीमा संक्रमितहरु थपिँदै गइरहेका थिए। पछिल्लो समय त संक्रमितहरु थपिने क्रम झन उच्च दरमा बढ्दै गएको छ। 

वैशाख १ गतेसम्म देशभर जम्मा ४ हजार ५६ जना मात्रै सक्रिय संक्रमित थिए। तर, १२ दिनको अवधिमा सक्रिय संक्रमितको संख्या झन्डै ५ गुणाले बढेको छ। वैशाख १२ गते (आइतबार) सार्वजनिक गरिएको तथ्याङ्कअनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसबीचमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ। आइतबार सार्वजनिक गरिको विवरणअनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ। 

शनिबार सार्वजनिक गरिएको विवरणमा २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको जनाइएको थियो। तर, आइतबार भने उक्त संख्या बढेर २८ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार वैशाख १ गतेयता मात्रै कोरोना संक्रमणबाट १ सय ३ जनाको मृत्यु भएको देखिन्छ। वैशाख १ गतेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ६१ थियो भने वैशाख १२ गतेसम्म उक्त संख्या बढेर ३ हजार १ सय ६४ पुगेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

पछिल्ला १२ दिनको दैनिक संक्रमण दर:

वैशाख १ 
वैशाख १ गते देशभर ५८० जना कोरोना संक्रमित थपिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८९ पीसीआर परीक्षण गर्दा ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। वैशाख १ गतेका तथ्याङ्क हेर्दा त्यतिबेला परीक्षण गरिएकामध्ये करिब १४ प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

काठमाडौं उपत्यकामा २५४ जना संक्रमित भेटिएका थिए। काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको थियो।  त्यस्तै कोरोना संक्रमण भएर ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए । संक्रमणवाट ५ जनाको मृत्यु भएको थियो।

वैशाख २ गते 
वैशाख २ गते ५३४ जनामा संक्रमण पुष्टि भएको थियो। ४ हजार १ सय ५२ जनामा गरिएको परिक्षणमा यो संख्यामा कोरोना पुष्टि भएको थियो। वैशाख २ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडिको २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो। 

वैशाख ३ 
वैशाख ३ गते ८ सय ३६ कोरोना संक्रमित थपिएका थिए। ६ हजार १ सय ५८ जनाको पीसीआर परीक्षणमा यो संख्या पुष्टि भएको थियो । सो दिन थपिएका संक्रमितमध्ये ३४८ जना उपत्यकाका थिए। 
काठमाडौंमा २ सय ८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जना संक्रमित थपिएका थिए। वैशाख ३ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडिको २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट देशभर ४ जनाको मृत्यु भएको थियो। 

वैशाख ४ 
वैशाख ४ गते देशभर ८४३ जना कोरोना संक्रमित थपिएका थिए। ६ हजार ४ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको थियो। 

वैशाख ४ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट देशभर २ जनाको मृत्यु भएको थियो। यसैगरी संक्रमितमध्ये १०० जना सघन उपचार कक्ष र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो। काठमाडौं उपत्यकामा ३५ जनाको सघन उपचार कक्ष र २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो। 

वैशाख ५ 
नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएयता पहिलो पटक वैशाख ५ गते हजारमाथि कोरोना संक्रमित थपिएका थिए। वैशाख ५ गते देशभर १ हजार ९६ जना संक्रमित थपिएका थिए। ५ हजार ८४ जनाको पीसीआर र ६९९ जनाको एन्टिजेन गर्दा सो संख्यामा संक्रमित थपिएका थिए। 

वैशाख ५ गते थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४३५ जना थिए। तीमध्ये भक्तपुरका ४५, ललितपुरका ६४ र  काठमाडौंका ३२६ जना रहेका थिए। वैशाख ५ गते देशभर ११६ जना आईसीयू र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत थिए। वैशाख ५ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा देशभर ८ जना संक्रमितको मृत्यु भएको थियो। 

वैशाख ६ 
वैशाख ६ गते देशभर १ हजार २८१ जना संक्रमित थपिएका थिए। ७ हजार ५ सय ४८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका थिए। वैशाख ६ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडिको २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको थियो। 

वैशाख ७ गते 
वैशाख ७ गते देशभर १ हजार ७३६ जना कोरोना संक्रमित थपिएका थिए। देशभरका प्रयोगशालामा ८ हजार ५५ नमूनाको आरटी-पीसीआर र ६८३ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका थिए। वैशाख ७ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको थियो। 

वैशाख ८ 
वैशाख ८ गते दैनिक थपिने संक्रमितको संख्या दुई हजार नाघेको थियो। वैशाख ८ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि ९ हजार ६४७ जनाको नमूना परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको थियो। 

वैशाख ८ गते थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ५१ जना रहेका थिए। काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको  थियो। सो दिन दैनिक अपडेड सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको थियो। 

वैशाख ९ 
वैशाख ९ गते देशभर २ हजार ४२८ जना कोरोना संक्रमित थपिएका थिए। देशभर १० हजार १  नमूनाको पीसीआर, ४४७ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका थिए। 

सो दिन काठमाडौं उपत्यकाका भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाडौंमा ९८७ जना संक्रमित थपिएका थिए। सो दिन दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। 

वैशाख १० 
वैशाख १० गते देशभर २ हजार ५५९ जना कोरोना संक्रमित थपिए। ८ हजार ७९८ नमूनाको पीसीआर र ८६६ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका थिए। वैशाख १० गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो। 

वैशाख ११ 
वैशाख ११ गते देशभर २ हजार ६१९ जना कोरोना संक्रमित थपिएका थिए। देशभर ७ हजार ५२५ नमूनाको पीसीआर र १ हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमितहरु थपिएका थिए। 

वैशाख ११ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएको थियो। 

वैशाख १२ 
वैशाख १२ गते नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा बढी कोरोना संक्रमित थपिए। वैशाख १२ गते देशभर ३ हजार १२२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर ९ हजार २९२ नमूनाको पीसीआर र ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

वैशाख १२ गते दैनिक अपडेट सार्वजनिक गरिनु अगाडि २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट देशभर २८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ०९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका
‘बलात्कार सामान्य हो भनेको होइन, मेरो अभिव्यक्ति तोडमोड गरियो’ : सोविता गौतम
भदौ २३ र २४ को घटनालाई रवीन्द्र मिश्रले गरे ‘विदेशी जासुसी विद्रोह’का रूपमा व्याख्या
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका आइतबार, भदौ ७, २०८३
‘बलात्कार सामान्य हो भनेको होइन, मेरो अभिव्यक्ति तोडमोड गरियो’ : सोविता गौतम आइतबार, भदौ ७, २०८३
भदौ २३ र २४ को घटनालाई रवीन्द्र मिश्रले गरे ‘विदेशी जासुसी विद्रोह’का रूपमा व्याख्या आइतबार, भदौ ७, २०८३
काठमाडौँका निजी होस्टेललाई मापदण्ड सुधार्न एक महिनाको समय, नमाने शिलबन्दी गरिने आइतबार, भदौ ७, २०८३
‘राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छ’: विमलेन्द्र निधी आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक निर्माण गरिने आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्