काठमाडाैं- नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी२० आई वरियतामा एक स्थान सुधार गरेको छ। आईसीसीले आइतबार जारी गरेको नयाँ वरियतामा नेपाल १४ औं स्थानमा उक्लिएको हाे।
नेपालले २८ खेलमा ५ हजार एक सय १३ अंक पाएकाे छ भने १ सय ८३ रेटिङ पाएकाे छ।
यस्तै,१४ औं स्थानमा रहेकाे स्कटल्यान्ड एक स्थान तल झरेकाे छ। स्कटल्यान्डले १७ खेलमा ३ हजार ९६ अंक पाएकाे छ भने १८२ रेटिङ पाएकाे छ। नेपालभन्दा पछि पपुवा न्युगिनी १६ औं, नेदरल्यान्ड्स १७ औं, ओमान १८ औं र नामिबिया १९ औं स्थानमा छन्।
नेपालभन्दा अगाडि युएई १३ औं, आयरल्यान्ड्स १२ र जिम्बावे ११ औं स्थानमा छन्।
विश्व टि२० वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा छ। भारत दोस्रो, अष्ट्रेलिया तेस्रो र पाकिस्तान चौथो स्थानमा यथावत छन्। घरेलु मैदानमा त्रिकोणात्मक टी२० आई सिरिज च्याम्पियन बनेसँगै नेपालले विश्व वरियतामा सुधार गरेको हो।
नेपालले त्रिकोणात्मक सिरिजमा खेलेका ५ मध्य ४ खेलमा जित निकालेको थियो। फाइनलमा भएकाे फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराएको थियो।
नेपाल ओडिआई वरियतामा भने १७ औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।