काठमाडाैं- अलराउन्डर रविन्द्र जडेजाको विष्फोटक ब्याटिङमा चेन्नई सुपर किंग्सले ईन्डिन प्रिमियर लिग (आईपीएल)मा सानदार जित हात पारेकाे छ।
आइतबार भएकाे खेलमा चेन्नईले च्यालेन्जर्स बेंगलोरलाई ६९ रनले पराजित गरेकाे हाे। चेन्नाईले दिएकाे १ सय ९२ रनको बिशाल लक्ष्य पछ्याएकाे बेंगलोर ९ विकेट गुमाउँदै १२२ रनमा समेटियाे।
बेंगलोरका लागि देवदत्त पाडिक्कलले सर्वाधिक ३४ रन बनाए। उनले १५ बलमा ४ चाैका र २ छक्का हाने। यता, ग्लेन म्याक्सवेल १५ बलमा ३ चाैकासहित २२ रन बनाएर आउट भए।
काइल जामिसन १६ तथा युजभेन्द्र चहाल १२ रनमा आउट भए भने अन्यले दाेहाेराे अंक छुन सकेनन्।
चेन्नईका लागि रविन्द्र जडेजाले ४ ओभरमा १ मिडेन राख्दै १३ रन खर्चिएर ३ विकेट लिए। यस्तै, इमरान ताहिरले ४ ओभरमा १६ रन दिएर २ विकेट लिए भने साम करण र शार्दूल ठाकुरले एक/एक विकेट लिए।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९१ रन बनायो।
चेन्नईका अलराउन्डर जडेजा सर्वाधिक ६२ रनमा अविजित रहे। उनले २८ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए।
जडेजाले तीव्र गतिका बलर हर्षल पटेललाई अन्तिम ओभरमा ५ छक्का र एक चौकासहित कुल ३७ रनको विष्फोटक इनिङ खेलेका थिए। लगातार चार छक्काका साथ जडेजाले २५ बलमा अर्धशतक पूरा गरेका थिए।
चेन्नईका ओपनर फाफ डु प्लेसिसले ५० रनको योगदान दिए। उनले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गरे। ऋतुराज गायकवाड ३३ रनमा आउट भए। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
सुरेश रैना २४ रनमा आउट भए। रैनाले १८ बलमा १ चौका र ३ छक्का प्रहार गरे। अम्बाती रायूडू ७ बलमा १ चौका र १ छक्कासहित १४ रनमा क्याच आउट भए।
बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए। युजभेन्द्र चहलले एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।