काठमाडाैं- पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा थप १५ सय जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ काेराेना संक्रमित थपिएका हुन्।
यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार ६६८ नमुनाको पीसीआर परीक्षण गर्दा देशभर ३ हजार ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ।
यस्तै, सीमा नाकामा गरिएको १३३ एन्टिजेन परीक्षणमा १३३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।