काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या आइतबार पनि उच्च दरले थपिएको छ । यस्तै, मृत्यु हुनेको संख्या समेत उच्च अंकले बढेको छ ।
आइतबार जारी गरिएको विवरणअनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा आरटी-पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार २ सय ९२ जनाको आरटी-पीसीआर विधिबाट नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा गरिएको कूल परीक्षण संख्या र संक्रमण पुष्टि हुने संख्याको अनुपात हेर्दा १०० जनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।
यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या समेत उच्च दरले बढेको छ । आइतबार सार्वजनिक गरिएको नतिजाअनुसार पछिल्लो २४ घण्टामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको देखिएको छ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएयता आइतबार पुष्टि भएको मृत्यु हुनेको संख्या सबैभन्दा उच्च हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।