काठमाडाैं- पछिल्लो २४ घण्टामा थप ३ हजार ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
९ हजार ९९२ नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यस्तै, सीमा नाकामा गरिएको ९० एन्टिजेन परीक्षणमा ६८६ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ।
यस्तै, देशभर २५२ संक्रमित आईसीयू तथा ६५ जना भेन्टिलेटरमा रहेका छन्। मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३८२ सक्रिय संक्रमित रहेका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा थप २८ जनाकाे मृत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या ३ हजार १६४ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।