काठमाडौं- काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द हुने भएका छन्।
आइतबार काठमाडौं, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठकले उक्त निर्णय गरेको हो।
कारोना भाइरस संक्रमण दिनदिनै बढ्दै गएका कारण एक सातासम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा सोमबारदेखि बन्द गरिएको काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले जानकारी दिए।
कुन-कुन सेवा बन्द गर्ने र कुन-कुन खुल्ला रहने भन्नेबार केही समयमा नै सूचना जारी हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।