काठमाडाैं- जिल्ला प्रशासन कार्यालय, बाँकेले निषेधाज्ञा जारी गरेको छ। कोरोनाको नयाँ भेरियन्टको चेन तोड्न सोमबार रातिदेखि २० गते मध्यरातसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे हाे।
प्रशासन कार्यालयका अनुसार यस अवधिमा अत्यावश्यकीय सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै सेवा बन्द गरिएकाे छ।
निषेधाज्ञाकाे समयमा बैंक तथा वित्तीय संस्था, सवारी साधन, पसल, हाटबजार सञ्चालन र अत्यावश्यक काम बाहेक हिँड्डुलमा समेत निषेध गरिएकाे छ।
नेपालगञ्ज उपमहानगरपालिकाले वैशाख ८ गतेदेखि नै निषेधाज्ञा जारी गरेकाे थियाे। यता, कोहलपुर नगरबाट निषेधाज्ञा गर्न सिफारिस आएकाे प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।
के गर्न पाइन्छ?
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्त, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलिय पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएम सेवा जस्ता अत्यावश्क सेवाहरू एवं सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरू र हवाई सेवा।
सञ्चाल गर्न पाइने साधनहरू?
एम्बुलेन्स,शववहान, दमकल, झण्डावाला सवारी, निलो कूटनीतिक प्लेटका सवारी साधान, लामो दूरीका सवारी साधन, निर्माण सामग्री ढुवानी साधन, अत्यावश्कीय सेवा सञ्चालन खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधन र अनुमति पास प्राप्त सवारी साधन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।