काठमाडौं- नेपाल नागरिक उड्डयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भारतको दिल्लीमा हुँदै आएको उडान प्रतिबन्ध लगाउने विषयमा छलफल सुरु गरेको छ।
भारतको दिल्लीमा उडान गर्दै आएका खाडी मुलुक तथा अन्य देशलेसमेत उडान प्रतिबन्ध गराएको र नेपालले पनि केही समय उडान प्रतिबन्ध गराउने कि भन्ने विषयमा छलफल भएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।
यस विषयमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् सीसीएमसीमा उक्त प्रस्ताव लैजाने विषयमा छलफल गरेको हो।
२०७७ चैत ११ गतेदेखि उडान बन्द भएको दिल्लीमा अहिले पनि सेड्युअल उडान भएको छैन। दुई देशको दुईपक्षीय सहमतिमा एयर बबल उडान नियमअनुसार दैनिक एक उडान नेपाल एयरलाइन्स र एक उडान एयर इन्डियाले गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।