काठमाडौं- होटल संघ नेपाल (हान)ले क्वारेन्टिनमा रहेका भारतीय तथा अन्य देशबाट आएका नागरिकहरु स्वतःस्फूर्त तवरले होटल बाहिर हिँड्डुल नगर्न अनुरोध गरेको छ।
‘आफुखुसी हिँड्डुल गर्ने गरेको भन्ने गुनासो आएको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ को दोस्रो लहर फैलिने क्रमलाई न्यूनीकरण गर्नेतर्फ क्वारेन्टिन व्यवस्थापन गरिरहनुभएका यस होटल संघ नेपालका सदस्य होटलहरुले क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई होटल परिसरबाट अति आवश्यक कामबाहेक बाहिर जान तथा हिँड्डुल गर्न नदिनुहुन समेत अनुरोध गर्दछौं।’
साथै, स्वास्थ्य मापदण्ड पालना गरी एउटा कोठामा बढीमा दुई जनासम्म राखेर चिया नास्ता तथा खाना होटलमै व्यवस्थापन गरिदिनसमेत संघले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।