काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्नेगरी आएका कुनैपनि विदेशी नागरिकहरूको कोरोना परीक्षण नगर्न सबै प्रयाेगशालाहरूलाई निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले विदेशी नागरिकको कोरोना परीक्षणमा बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको समेत जनाएको छ।
मन्त्रालयले सबै प्रयोगशालाहरूलाई कोभिड-१९ प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड-१९ को परीक्षणका व्यवस्था गर्दा नेपाली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरूका परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयको निर्देशक विपरीत परीक्षण गर्ने/गराउने गरेको पाइएमा कारबाही गरिने समेत जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।