काठमाडाैं- नेपाली कांग्रेसबाट संविधान सभा सदस्यमा प्रतिनिधित्व गरेकी मोहम्मदी सिद्दीकीको काेराेना संक्रमणबाट मृत्यु भएको छ।
उनकाे बाँकेस्थित भेरी अञ्चल अस्पतालमा शनिबार साँझ ७ः३० बजे मृत्यु भएको हो। काेराेना संक्रमण भएपछि उनी गत चैत्र २८ गतेदेखि अस्पताल भर्ना भएकी थिइन्।
त्यसयता उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।