काठमाडाैं- त्रिकोणात्मक टी २० सिरिजमा नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेल सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) भएका छन्।
नेपाललाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका कुशलले सिरिजको कुल ५ खेलमा ४ अर्धशतकसहित २ सय ७८ रन बनाएका थिए।
कुशलले बजाजको दुई सय सिसिको बाइक पाएका छन्।
कुशलले खेलेका ५ मध्य ४ खेलमा अर्धशतक प्रहार गरेका थिए। पहिलो खेलमा नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रन बनाएका थिए। दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित रहेका थिए। यस्तै, नेदरल्यान्ड्ससँग ६२ रनमा आउट भएका थिए।
मलेसियासँगकाे दाेस्राे तथा सिरिजकाे चाैथाे खेलमा १६ रनमा आउट भए। १४०.४० स्ट्राइकरेट रेटमा ब्याटिङ गर्दै उनले कुल २४ चौका र १६ छक्का प्रहार गरेका थिए।
कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टि-२० आईमा पहिलो खेलाडी समेत हुन्।
यस्तै, करण केसी प्लेयर अफ दि फाइनल भए। उनले इनल खेलमा नेदरल्याण्ड्सलाई हराउने क्रममा ३ विकेट लिएका थिए। उनले ३ ओभरमा ११ रन खर्चिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।