काठमाडाैं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८७२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, ललितपुरमा १४१ र भक्तपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको छ। काेराेनाकाे हटस्पोट बनेको बाँकेमा ३५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालले जनाएकाे छ।
यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार ६६८ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ४८६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ।
यस्तै, सीमा नाकामा गरिएको १३३ एन्टिजेन परीक्षणमा १३३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ।
हालसम्म मृतकको कुल संख्या ३ हजार १३६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।