काठमाडाैं- पछिल्लो २४ घण्टामा थप २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
८ हजार ६६८ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ४८६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यस्तै, सीमा नाकामा गरिएको १३३ एन्टिजेन परीक्षणमा १३३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ।
हाल देशभर १६ हजार ८२८ संक्रिय संक्रमित छन्।
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३ हजार १३६ पुगेको मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।