कैलाली- धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८५ काे स्वाब परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अस्पतालमा ४२ जना संक्रमितकाे उपचार भइरहेको छ। जसमध्ये, चारलाई भेन्टिलेटर, १० जनालाई आइसीयूमा राखिएको छ।
यस्तै, १० लाई अक्सिजन दिइएको छ भने १८ जनाको स्वास्थ्य अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।