काठमाडौं– त्रिदेशीय सिरिज अन्तर्गत शनिवार(आज)जारी फाइनल खेलमा कुशल मल्लले अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेदरल्याण्ड्सबाट ब्याटिङको निम्तो पाएको नेपाली टोलीका लागि मल्लले अर्धशतक बनाएका हुन्।
उनले २४ बल खेल्दै ५० रन बनाए । यसक्रममा मल्लले ५ छक्का र २ चौका प्रहार गरे।
यसअघि कुशल भुर्तेलले पनि अर्धशतकीय पारी खेलेका थिए। भुर्तेल ५३ बल खेल्दै ७७ रन बनाएर आउट भए। उनले ३ छक्का र ८ चौका प्रहार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।