काठमाडौं– त्रिदेशीय सिरिज अन्तर्गत शनिवार(आज) जारी फाइनल खेलमा कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेदरल्याण्ड्सबाट ब्याटिङको निम्तो पाएको नेपालका लागि भुर्तेलले अर्धशतक बनाएका हुन्। उनले १२.४ ओभरमा अर्धशतक बनाए।
जारी सिरिजमा उनको यो चौथो अर्धशतक हो।
सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका उनले दोस्रो खेलमा मलेसियाविद्ध ६१ र नेदरल्याण्ड्सविरुद्ध कै अर्को खेलमा ६२ रन बनाएका थिए। मलेसियासँगको अर्को खेलमा भने उनी १६ रनमा आउट भएका थिए।
शनिबारको खेलमा भुर्तेल ५३ बल खेल्दै ७७ रन बनाएर आउट भए। उनले ३ छक्का र ८ चौका प्रहार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।