काठमाडाैं- घरेलु टिम जिम्बावेले दोस्रो टी२० क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ। जिम्बावेले पाकिस्तानलाई १९ रनले हराएको हो।
जिम्बावेले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९.५ ओभरमा अलआउट हुँदै ९९ रनमा समेटियो।
पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४१ रन बनाए। उनले ४५ बलमा ५ चाैका प्रहार गरे। यस्तै २१ बलमा १ चाैका प्रहार गरेका डानिस अजिजले २२ रन बनाए। यता, मोहमद रिजवानले १८ बलमा १ चाैकासहित १३ रन बनाए।
जिम्बावेका लुक जुङ्वेले सर्वाधिक ४ विकेट लिए। उनले ३.५ ओभरमा १८ रन खर्चिए। यस्तै, ४ ओभरमा २१ रन खर्चिए रायन ब्रुलले २ विकेट लिए।
यसअघि हरारेमामा पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो।
जिम्बावेका लागि तिनाशे कामुनहुकाम्वेले सर्वाधिक ३५ रन जोडे। ४० बलमा ४ चाैका प्रहार गरे। रेगिस चाकबभाले १४ बलमा १ छक्कासहित १८ रन बनाए।
पाकिस्तानका मोहमद हसनेन र डानिस अजिजले २/२ विकेट लिए। हसनेनले ४ ओभरमा १९ रन खर्चिए। यस्तै, अजिजले ३ ओभरमा २९ रन खर्चिए।
जितसँगै जिम्बावेले ३ खेलको सिरिजमा १-१ को बराबरी बनाएको छ। यसअघि पहिलो खेलमा पाकिस्तान ११ रनले विजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।