महेन्द्रनगर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसहित १३ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
गत सोमबार स्वाब दिएका २२ जनामध्ये १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी नारद भट्टले जाननकारी दिए।
सूचना अधिकारी भट्टका अनुसार अस्पतालका स्वास्थ्यकर्मीसहित प्रशासन, लेखा र रिपोर्ट फाँटका कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पतालका स्वास्थ्यकर्मीसहित कर्मचारीहरुमा कहाँबाट संक्रमण भयो भन्ने यकीन नभएको सूचना अधिकारी भट्टले बताए। ‘अस्पतालमा विभिन्न किसिमका बिरामी आइरहेका हुन्छन्, कहाँबाट संक्रमण भयो भन्ने यकिन भएन,’ भट्टले भने।
संक्रमित भएकामध्ये केही कर्मचारी अस्पतालको आइसोलेसनमा र केही होम-आइसोलेसनमा रहेका भट्टले बताए। अस्पतालका सेवाहरू भने नियमित नै रहेको भट्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।