काठमाडाैं- पछिल्लो २४ घण्टामा थप २ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
८ हजार ७९८ पीसीआर परीक्षण गर्दा २ हजार ४४९ जना काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे।
यता, ८६६ एन्टीजेन परीक्षण गर्दा ११० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ लाख ९४ हजार ६०१ पुगेकाे छ।
पछिल्लो २४ घण्टामा थप ४१० संक्रमित निकाे भएका छन्। याेसँगै काेराेना संक्रमणमुक्त हुनेकाे संख्या २ लाख ७६ हजार ७५५ पुगेकाे छ।
गत २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। याेसँगै मृतककाे संख्या ३ हजार १२२ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।