काठमाडाैं- संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले कोरोना भाइरसको दोस्रो लहरका बारेमा सरकारलाई १६ बुँदे निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा भएको छलफलमा समितिले यस्तो निर्देशन गरेको हो।
समितिले प्रत्येक जिल्लाको पायक पर्ने स्थानमा कोरोना परीक्षण गर्ने सुविधा सम्पन्न प्रयोगशाला बनाउन भनेको छ। समितिले संक्रमित व्यक्तिहरूको उपचारलाई प्रभावकारी बनाउन हाल सञ्चालनमा रहेको आइसोलेसन कक्ष, आईसीयूको क्षमता विस्तार गर्न र अक्सिजनको नियमति आपुर्तिमा वृद्धि गर्न र उपचार नपाइ अकालमा मृत्यु हुने अवस्थाको अन्त्य गर्न समेत निर्देशन गरेको छ।
कोभिड-१९ को खोप सबै नागरिकलाई लगाउने व्यवस्था मिलाउन समेत समितिले भनेको छ। संकटको समयमा नागरिकको जीवन रक्षा गर्नु राज्यको अनिवार्य दायित्व भएको भन्दै समितिले संक्रमण भएका र नभएका नागरिकहरूको अलगअलग उपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
पर्याप्त संख्यामा अक्सिन प्लान्ट राखी संक्रमणको रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटलाई उच्च प्राथमिकता दिन समितिले भनेको छ।
यस्तो छ निर्देशन :



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।