काठमाडाैं- पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १० हजार १ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ६५ जना काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे।
यता, ४ सय ४७ एन्टीजेन परीक्षण गर्दा ६३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। काठमाडौं उपत्यकामा भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाडौंमा ९८७ जना संक्रमित थपिएका छन्।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ लाख ९२ हजार १५२ पुगेकाे छ।
पछिल्लो २४ घण्टामा थप २५२ संक्रमित निकाे भएका छन्। याेसँगै काेराेना संक्रमणमुक्त हुनेकाे संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेकाे छ।
गत २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। याेसँगै मृतककाे संख्या ३ हजार १ सय १७ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।