काठमाडाैं- उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका दुई न्यायाधीशसहित १३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जका १ सय ९२ जनाको परीक्षण गर्दा न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना पुष्टि भएका ७९ जना पर्साका, ७ जना बारा र एक/एक जना रौतहट र रुकुमका छन्। कोरोनासँग मिल्ने लक्षण देखिएपछि न्यायाधीश, कर्मचारी, सुरक्षाकर्मीसहित १ सय १० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा १३ जना कर्मचारी र दुई न्यायाधीशको पोजेटिभ आएको स्रेस्तेदार ठगिन्द्र कट्टेलले बताए।
८६ जनाको स्वाब परीक्षण हुँदा १५ जनामा संक्रमण पुष्टि भएको जानकारी अस्पतालबाट आएको उनले बताए। न्यायाधीश र कर्मचारी संक्रमित भएपछि बिहीबार उच्च अदालतको काम कारबाही प्रभावित भएको छ। पेसीमा चढेको मुद्दाको कजलिस्ट समेत सार्वजनिक भएको छैन। बार एशोसिएसनका पदाधिकारीसँग समन्वय गरी संवेदनशील समयमा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी भइरहेको उनले बताए।
परीक्षणको रिर्पोट आउन बाँकी न्यायाधीश र कर्मचारीलाई समेत अदालतको काममा राख्न नसकिने उनको भनाइ छ। संक्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक ट्रेसिङदेखि परीक्षणसम्म गर्नुपर्ने भएकाले अन्योलमा परेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।