काठमाडौं– त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज लिगको अन्तिम खेल खेल्दैछ। घरेलु मैदानमा जारी सिरिजको अन्तिम लिग खेलमा नेपालले आज(बुधबार)मलेसियासँग खेल्न लागेको हो।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ। आजको खेल नेपालको लागि प्रतिष्ठाको खेल हुनेछ । नेपाल यसअघि नै फाइलन पुगि सकेको छ।
यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो।
सिरिजमा ३ खेल खेलेको नेपालले दुई खेलमा जित निकाल्दे अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो।
प्रतियोगिताबाट बाहिरिएको मलेसिया आजको खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा छ।
सिरिजको ३ खेलमा मलेसिया १ अंक जोडेको छ। नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।