काठमाडाैैं- ईन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा सनराईजर्स हैदरावादले पहिलाे जित निकालेकाे छ। बुधबार भएकाे खेलमा हैदरावादले पन्जाब किङ्सलाई ९ विकेटले पराजित गरेकाे हाे।
पन्जाबले दिएकाे १ सय २१ रनकाे लक्ष्य हैदरावादले १८. ४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्याे।
हैदरावादका लागि जाेनी बेयरस्ट्राेले ५६ बलमा ३ चाैका र ३ छक्का प्रहार गरे। यस्तै, डेविट वार्नरले ३७ रन बनाए। उनले ३ चाैका र एक छक्का प्रहार गरेका थिए।
केन विलियम्सले अविजित १६ रन बनाए।
पञ्जाबका लागि फाबियन एलनले ४ ओभरमा एक मेडनसहित २२ रन खर्चिएर १ विकेट लिए।
त्यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाब किङ्सले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय २० रन बनाएकाे थियाे।
पन्जाबका लागि मायांक अग्रवाल र शाहरुख खानले समान २२/२२ रन जोडे। २५ बल खेलेका अग्रवालले २ चाैका प्रहार गरे। यस्तै, १७ बल खेलेका खानले २ छक्का हाने।
यता, क्रिस गेलले १२ बलमा २ चाैकासहित १५ रन जोडे। मोइसेस हेन्रिक्सले १७ बलमा १४ रन बनाए। यता, दिपक होडा ११ बलमा २ चाैकासहित १३ रन बनाए आउट भए।
हैदरावादका खलिल अहमेदले ३ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चिए। यस्तै,४ ओभरमा २४ रन खर्चिएका अविशेक शर्माले २ विकेट लिए।
भुवनेश्वर कुमार र रसिद खानले समान १/१ विकेट लिए।
हैदरावादकाे जारी सिजनमा याे पहिलाे जित हाे। हैदरावाद ४ खेलबाट २ अंक जाेड्दै तालिककाे पाँचाे स्थानमा छ। समान खेलबाट समान अंक बनाएकाे पञ्जाबले पुछारमा रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।