काठमाडौं - नेपालमा एकै दिन दुई हजार बढी कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ४७ परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे।
यस्तै, एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन्।
काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
जसमध्ये १० हजार ५ सय ८२ जना आइसोलेसनमा छन्। हाल ८६ जना क्वारेन्टाइनमा छन्।
यससँगै नेपालमा कूल संक्रमितकाे संख्या २ लाख ८९ हजार ९१८ पुगेको छ।
गत २४ घण्टामा २८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या दुई लाख ७६ हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लाे २४ घण्टामा थप ११ जनाकाे मृत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या ३१ सय २ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।