काठमाडाैं- आयाेजक नेपाल थ्री नेसन्स कप टी-२० क्रिकेट सिरिजकाे फाइनलमा पुगेकाे छ। बुधबार नेदरल्यान्ड्स र मलेसियाबीच भएकाे खेल टाई भइपछि नेपाल एक खेल अगावै फाइनलमा पुगेकाे हाे।
नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले हराएकाे थियाे। त्यस्तै, दाेस्राे खेलमा प्रतियाेगिताकै कमजाेर मानिएकाे मलेसियालाई ९ विकेटले नै हराएकाे थियाे।
तेस्राे खेलमा भने नेपाल नेदल्यान्ड्ससँग ३ विकेटले पराजित भएकाे थियाे। नेपाल ४ अंककाे साथ रनरेटकाे आधारमा दाेस्राे स्थानमा रहेकाे छ।
यता, नेदरल्यान्ड्सले पहिलाे खेलमा नेपालसँग हार ब्यहाेरेकाे थियाे भने दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो।
तेस्राे खेलमा नेदरल्यान्ड्स मलेसियासँग बराबरीमा राेकिएकाे छ।
यद्यपि, ५ अंक जाेडेकाे नेदरल्यान्ड्स रन रेटकाे आधारमा शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेकाे छ।
मलेसियाकाे भने १ अंक रहेकाे छ। उसले आफ्नाे अन्तिम खेल नेपालसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।