काठमाडाैं- नेपाली राष्ट्रिय महिला टिम र भारतको उत्तराखण्ड महिला टिमबीच तय भएको क्रिकेट सिरिज स्थगित भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अप्रिल तेस्रो हप्तादेखि हुने भनिएकाे टी२० आई र एकदिवसीय मैत्रीपूर्ण सिरिज स्थगित भएको जानकारी दिएकाे हाे।
बढ्दो काेराेना संक्रमणका कारण बसीसीआई र राज्य सरकारले खेलकाे लागि अनुमति नदिँदा उत्तराखण्ड महिला टिमले नेपाल भ्रमण तत्काललाई स्थगित गरेकाे क्यानले जनाएकाे छ।
क्यानको गत चैत २९ गते बसेको बोर्ड बैठकले राष्ट्रिय महिला क्रिकेट टोलीले उत्तराखण्ड सँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको थियो।
क्यानकै आयोजनामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिज भइरहेको छ।
यद्यपि, कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित हुन नदिने निर्णय गरेकाे छ। त्यसैले बाँकी खेल दर्शकबिना खेल भइरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।