काठमाडाैं- थ्रि नेसन्स कप क्रिकेट सिरिजअन्तर्गत तेस्राे खेलमा नेपाल पराजित भएकाे छ। मंगलबार भएकाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित गरेकाे हाे।
जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेकाे हाे।
नेदरल्यान्ड्सका बास डी लिडले ४२ बलमा ७ चौका र ५ छक्कासहित ८१ रन अविजित रहँदै टोली जित दिलाए।
यता, बेन कुपर ३५ बलमा १० चौकासहित ५५ रनमा आउट भए।
कप्तान पिटर शिलारले ३१ रनमा आउट भए। यता, टोबियस भिसेले १५ रन बनाए।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ४८ रन खर्चेर ४ विकेट लिए। करण केसी, कुशल मल्ल र अभिनाश बोहराले १/१ विकेट लिए।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो।
कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेलेपछि नेपालले २०६ रन बनाएको हो।
तीन खेलमा लगातार तेस्रो अर्धशतक पूरा गरेका भुर्तेलले ४६ बलमा आठ चाैका र एक छक्का प्रहार गर्दै ६२ रन जोडे। यसअघि उनले सोमबार मलेसिया र शनिबार नेदरल्यान्ड्सविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका थिए।
यता, ऐरीले ३० बलमा पाँच छक्का र तीन चाैकासहित ६० रन बनाए। सोमपाल कामीले २१, ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८, विनोद भण्डारीले सात रन बनाए। करन केसीले एक रनमात्र जोड्दा आसिफ सेखले खाता खोल्नसमेत असफल रहे।
नेदरल्यान्ड्सका भिभिएन किङमा र पिटर सिलारले २/२ विकेट लिए। यस्तै, बास डे लीडे र अर्यान दत्तले एक/एक विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।