काठमाडौं– भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ ।
भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण देखिएको हो ।
हरिद्वारबाट फर्किएकै दिन शाह दम्पतीले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए ।
हरिद्वारको कुम्भ मेलामा शाहलाई 'हिन्दू सम्राट'को उपाधिसहित 'अभिषेक' गराइएको थियो । उक्ता मेलामा लाखौं 'भक्तजन'ले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाइ गंगामा स्नान गरेका थिए ।
भारतमा अहिले दैनिक २ लाख बढी कोरोना संक्रमितहरु थपिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।