काठमाडाैं- थ्री नेसन्स कप टी-२० क्रिकेट सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको जारी खेलमा कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। नेदरल्यान्ड्सविरुद्धकै पहिलो खेलमा डेब्यु गरेका उनको यो लगातार तेस्रो अर्धशतक हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले ४१ बलमा ६ चाैका र एक छक्कासहित ५२ रन बनाएका छन्।
शनिबार भएको डेब्यु खेलमा उनले नेदरल्यान्ड्सविरुद्ध ६२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। यस्तै सोमबार मलेसियाविरुद्धको खेलमा कुशलले अविजित रहँदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।
जारी सिरिजअन्तर्गतको जारी तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १३.१ ओभरमा दुई विकेट गुमाएर १२३ रन जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।