काठमाडौं– कीर्तिपुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले २ विकेट गुमाएको छ ।
नेदरल्याण्ड्ससँगको आजको खेलमा ओपनर ब्याट्सम्यान आसिफ शेख तथा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् । ओपनर शून्यमा आसिफ शून्य रनमा आउट हुँदा कप्तान मल्ल २० रन बनाएर पेभेलियन फर्किए ।
ओपनर ब्याट्सम्यान आसिफ भिभियान किङ्गमाको बलमा बेन कुपरको हातबाट क्याच आउट भए ।
यसअघिका दुई खेलमा राम्रो रन बनाएका आसिफ आजको खेलमा भने ४ रनमा एउटा पनि रन नबनाइ आउट भएका हुन् ।
आजको खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।