काठमाडौं– कीर्तिपुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्यान्डको सामना गर्दै छ।
नेपालले नेदरल्यान्डविरुद्ध टस जितेर ब्याटिङ गरेको छ। नेपाल आज नेदरल्यान्ड्समाथि जित हात पारे एक खेल अगावै फाइनलमा पुग्नेछ।
नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। त्यस्तै दोस्रो खेलमा प्रतियोगिताकै कमजोर मानिएको मलेसियालाई ९ विकेटले नै हराएको थियो।
नेपाल ४ अंकको साथ शीर्ष स्थानमा रहेको छ। यता, नेदरल्यान्ड्सले आजको खेल जितेमा आफ्नो फाइनल यात्रा बलियो बनाउनेछ।
नेदरल्यान्ड्सले पहिलो खेलमा नेपालसँग हार ब्यहोरेको थियो भने दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।