काठमाडौं–अपि पावर कम्पनीद्वारा निर्मार्णाधीन ४ मेवा क्षमताको चन्द्रनिगाहपुर सौर्य आयोजना वैशाख महिनाभित्रै सञ्चालनामा आउने भएको छ ।
अहिले अन्तिम चरणको काम भइरहेको आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारणमा जडान हुनेछ। यो आयोजना इपिसि मोडलअन्तर्गत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो।
यसैगरी, कम्पनीले ढल्केबर र सिमरामा १–१ मे.वा. र क्षमताको आयोजनासमेत निर्माण सुरु गरेको छ। यी आयोजना केही महिनाभित्र सञ्चालनमा ल्याउने तयारी कम्पनीले गरेको छ।
नेपाल बिद्युत प्राधिकरण र अपि पावर कम्पनीबीच २०७५ साउन २७ गते निजी क्षेत्रबाट ग्रीड कनेक्टेड सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो।
सम्झौताअन्तर्गत जम्मा १८.५ मेगावाट क्षमताका विभिन्न आयोजनाहरु निर्माण गरिनेछन्। यस अन्र्तगत कम्पनीले पहिलो चरणमा तीन आयोजनाबाट ६ मेगावाट विद्युत् उत्पादन गरिनेछ।
आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरण ११ केभी र ३३ केभी प्रसारण लाइनमा जडान गरिनेछ । यी आयोजनाको विद्युत् खरिद विक्री दर ७ रपैयाँ ३० पैसा प्रतियुनिट रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।